जीतपुरसिमरा उपमहानगरले लगाएका कुनैपनि कर असंवैधानिक छैनन् : नगरप्रमुख
बारा,सिमरा
जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले उपमहानगरले लगाएका कुनैपनि कर असंवैधानिक नभएको बताएका छन् । सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले कर तिर्नु हुदैन्, कर खारेज हुनुपर्छ, कर अवैधानिक हो भन्ने खालको नकरात्मक बहस चलेको बताएका छन् ।
‘जीतपुरसिमरा उपमहानगरले लगाएका कर कुनेपनि अवैधानिक छैनन्,संविधान र आर्थिक ऐन भित्र रहेर ति कर लागु भएका छन्’ नगरप्रमुख पौडेलले भने ‘करका दरहरुको विषयमा व्यवस्थापन गर्न सकिन्छ, सहकारीले १५ सय व्यवसाय कर तिर्नुपरेको छ त्यसलाई १ सय बनाउन भन्नुस् तर कर लागु गर्न पाईदैन् भन्ने बहस नगर्नुस्’ जीतपुरसिमराले लगाएका करका विषयमा आलोचना भईरहेका बेला नगरप्रमुख पौडेलले त्यसको खण्डन गर्दै करको दर घटाउने र दायरा बढाउने विषयमा छलफल शुरु गर्नुपर्ने बताएका छन् ।
११ वर्षअघि स्थापना भएको सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड ६ लाख ८५ हजारको कारोबार गरिरहेको संस्थाका अध्यक्ष शालिकराम अधिकारीले जनाएका छन् । ३ सय ३३ जना सेयर सदस्य रहेको संस्थाले ८ करोड ४९ लाख ५१ हजारको निक्षेप संकलन र १० करोड १५ लाख ३३ हजार लगानी गरेको छ । ११ औ वार्षिकत्सवको अवसरमा उत्कृष्ट कारोवारी लक्ष्मी ढकाल बुढा र प्रदीप कुमार महतोलाई,उत्कृष्ट वचतकर्ताका रुपमा सीता अर्याल र विष्णुबहादुर धिताललाई सम्मान गरेको छ ।
कार्यक्रममा जीतपुर सिमरा उपमहानगरका उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा जिल्ला वचत संघका अध्यक्ष सतेन्द्र ठाकुर, वडाध्यक्षहरुका तर्फबाट वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की, सहकारीहरुका तर्फबाट सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिता लम्सालले शुभकामना मन्तव्य व्यक्र गरेका थिए ।
कार्यक्रममा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं १ का वडासदस्य अमन लामा, जनकल्याण सकोसका अध्यक्ष कमला घिमिरे, घण्टीमाई साकोसका उपाध्यक्ष थानेश्वर पौडेल, हातेमालो साकोसका क्षमादेवी अधिकारी, साना किसान कृषि सहकारी संघ डुमरवाना सिमरा केन्द्रका अध्यक्ष चम्पा पाख्रिन, साना किसान कृषि सहकारी सिमराका पुनमदेवी महतो, सिए सरोज भट्ट लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण संस्थाका सचिव रत्न उप्रेतीले गरेका थिए भने गोकुल अधिकारीको स्वागत मन्तव्य व्यक्त गरेका हुन् । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि तथा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।