शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार
साजिर मन्सूर /कलैया,कार्तिक २४
शिव एन्ड शक्ति आयल स्टोरले आधुनिक किसिमको जगदम्बा क्याफे लन्ज एन्ड बार आज देखि सन्चालनमा ल्याएको छ ।
हुलाकी राजमार्गमा पर्ने महागढिमाई नगरपालिका १ मा खुलेको सुबिधा सम्पन्न आयल स्टोरमा आउने ग्राहकको सुबिधालाई मध्यनजर गरि आधुनिक क्याफे सन्चालनमा ल्याएको युवा उधमी तथा शिव एन्ड शक्ति आयल स्टोरका सन्चालक अनिल पटेलले जनाएका छन । खासगरी विश्व प्रसिद्ध गढिमाई मन्दिरमा दर्शन गर्न आउने भक्तालु तथा हुलाकी राजमार्ग भएर ओहोरदोहोर गर्ने गाडीका मानिसहरुका सुबिधाका लागि यो क्याफे सन्चालनमा ल्याएको पटेलले जानकारी गराए ।
क्याफे र आयल स्टोर खुले सङ्गै यस भेगको रौनक बढेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्यन्तै सहज सेवा उपलब्ध हुने पटेलले जनाए । अधिकान्स पेट्रोल पम्पहरुमा आवस्यक पुर्वाधार नभएका कारण गुनासो सुनिने गरेकाले आफुले ती सबैको बिकल्पका रुपमा यो क्याफे खोलिएको बताए । बिश्व प्रसिद्ध मेला लाग्ने स्थानमा समेत सुबिधा सम्पन्न पेट्रोल पम्प र क्याफे नहुनुले यस छेत्रको बिकास मा प्रश्न चिन्ह जस्तै भएकाले यस भेगका जनप्रतिनिधि तथा ब्यवसायीहरुको सल्लाहमा यो खुलेको पटेलले बताए ।
यस अघि पेट्रोल पम्प तथा क्याफेका सन्चालक पटेल तथा महागढिमाई नगरपालिका १ का वडा अध्यक्ष मनोज गुप्ता र कलैया उपमहानगरपालिका वडा ६ का अध्यक्ष राम बिश्वास ठाकुर तिनै जनाले संयुक्त रुपमा रिबन काटेर उदघाटन गरेका थिए । रिबन काटेर दुबै वडा अध्यक्षले यस पम्पले यस छेत्रको पर्यटन बिकासमा टेवा पुर्याउने बताएका छन। अध्यक्ष द्वयले क्याफे र पम्प सन्चालनमा आए सङ्गै कति जना युवाले रोजगारी समेत पाएको मा खुशी ब्यक्त गरे ।