• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी

सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

बारा, कार्तिक १७/ बारामा ५ दलिय वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्ला अध्यक्षहरुले सत्ता गठबन्धन उम्मेदवारहरुलाई जिताउन आफ्ना नेता कार्यकर्ता र मतदाताहरुलाई परिचालन गर्ने निर्णय गरेका छन् ।

५ दलिय गठबन्धन दलका जिल्ला अध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आ आफ्ना नेता, कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका बारा जिल्ला अध्यक्ष राजेश राय यादवको नेतृत्वमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रभुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष नवल किशोर सिंह, नेकपा एसका बारा जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष जिवनकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

विज्ञप्तीमा सत्ता गठबन्धनका उम्मेदवारहरुको पक्षमा प्रचारप्रसार गर्न जिल्ला स्तरिय सयन्त्र बनाउने, ५ दलिय गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन प्रत्येक दलले आ–आफ्नो नेता कार्यकर्ता परिचालन गर्ने र शनिवार सम्पुर्ण उम्मेदवारहरुसँग छलफल गर्ने निर्णय समेत भएको छ ।


नेपाल मिडिया हाउस प्रा.लि.

ललितपुर, नेपाल

ईमेल: [email protected] (समाचारको लागी)

ईमेल: [email protected] (बिज्ञापनको लागी)

कार्यालय फोन- +977- 015554815, 5549880

स्थायी लेखा नम्बर- 604369660

कम्पनि रजिष्टर नं.- 160287/073/074

सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

टुडे दैनिकका लागि

संचालक नेपाल मिडिया हाउस प्रा.लि.

सम्पादक नवराज निरौला

सहायक सम्पादक वसन्त खतिवडा

संवाददाता विकल खड्का

ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

© 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
↑