सिट बाडफाँडमा कांगे्रस मिटरव्याजी जस्तो देखियो : यादव
बारा
जसपा मधेशप्रदेश अध्यक्ष रामबाबु यादवले अगामी निर्वाचनका लागि सिट बाडफाँडमा कांग्रेस मिटरब्याजी जस्तो ह्रवातै बढेको टिप्पणी गरेका छन् ।
२०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्रै जितेको कांग्रेसले अगामी निर्वाचनमा ९० भन्दा कम सिट लिन्न भन्नु मिटरब्याजी जस्तै भएको बताएका हुन् । ‘कांग्रेसले पहिला सय सिट मागेको थियो अहिले ९० सम्म दियो भने विचार गरौला भनेको छ,२०७४ मा २३ सिट जितेर अहिले सय सिट दावी गर्न मिल्छ’ यादवले भने ‘मधेशप्रदेशमा पनि कांग्रेसले ६० प्रतिशत सिट एक्लै पाउनुपर्छ भनेको छ,सरकारले एउटा मिटरब्याजीलाई त खोजी खोजी कारवाही गर्ने कुरा गरेको छ, तर कांग्रेस त अर्को झन ठुलो मिटरब्याजी पो रहेछ’ ।
उनले सिट बाँडफाँडमा सम्मानजनक व्यवहार नभए गठबन्धनका नाममा सती जान नसकिने बताएका छन् । ‘गठबन्धनलाई जोगाउन हामी तयार छौ, तर सती जान सक्दैनौ, जनताको पक्षमा आएको निर्णयलाई स्विकार गछौ,तर पार्टी खतम हुनेगरी स्विकार गर्न सकिदैन’ उनले भने ।
राउत पुनं मधेशप्रदेशको मुख्यमन्त्रीको आकांक्षी
अगामी निर्वाचनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको दावी संघ तर्फ होला भन्ने पार्टीभित्र समकक्षीको अपेक्षा थियोे । करिव ५ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका राउत यसपटक पनि पर्सा क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा सिफारिस परेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का मधेशप्रदेश अध्यक्ष रामबाबु यादव राउत अगामी निर्वाचन पछि पनि पुनं मुख्यमन्त्रीमा दोह्रोरिन खोजेको बताएका छन् । ‘अगामी निर्वाचनका लागि पार्टीले उहाँलाई संघ र प्रदेश मध्ये कता ठिक लाग्छ त्यतै विचार गर्नुस् भन्दा उहाँले प्रदेश रोज्नुभयोे’ अध्यक्ष यादवले भने ‘ उहाँले पुनं मुख्यमन्त्रीको लागि ओयटिङ्ग लिष्ट्रमा आफुलाई राख्नुभएको छ,यसपटक गाह्रो छ अरु साथीहरुको पनि भित्री दवाव रहेको छ’ ।
मंसिर ४ को निर्वाचन पद्धि पनि मधेशप्रदेशमा जसपाले आफ्नो नेतृत्वमा सरकार गठन गनुपर्ने दावी गरेको छ । मधेशप्रदेशका अध्यक्ष यादवले अगामी मुख्यमन्त्रीको लागि राउत सँगै बारा क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य तथा सभामुख सरोज यादव, प्रदेश कृषि मन्त्री बिजय यादव, मनिष सुमन लगायतको दावी रहेको बताएका छन् ।
समाचार साभार रातोपाटी