काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ ।नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ ।
सबैलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खानाल समूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाउनुभएको छ ।
गत असार १८ गतेको नेकपा स्थायी कमिटि बैठकमा स्थायी कमिटि सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली सबै असन्तुष्ट समूहलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा पुग्नुभएको हो ।
अब पुनर्गठन गर्ने बेला दुई बर्षदेखि मन्त्री रहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने अध्यक्ष दाहालसँग सहमति गर्नुभएको छ ।
मन्त्रीमण्डलमा आफ्नो उपस्थिति नरहेकोमा असन्तुष्टि प्रकट गर्दै आउनुभएका वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतमको समूह र वरिष्ठ नेता नेपाल निकट समूहका केही नेतलाई मन्त्री बनाउने सम्भावना रहेको छ ।
पूर्वमाओवादीबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुसाल र प्रभु शाहलगायत मन्त्री बन्ने सम्भावना रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८