आजभोली सडक कालोपत्रे गर्ने बिटुमिन मात्रनभई अन्य बिटुमिनजन्य पदार्थहरु पनिप्रयोग गरिन्छ तीमध्ये मुख्य रुपमा बिटुमिन इमल्सन, Crumb Rubber Modified Bitumen (CRMB), Polymer Modified Bitumen (PMB) हुन । बिटुमिन इमल्सन बिटुमिन, इमल्सीफायर, केमिकल, स्प्रीट तथा पानी प्रयोग गरी उत्पादन गरिन्छ । बिटुमिन इमल्सन बिटुमिनको विकल्पको रुपमाचिसो तथागर्मी ठाँउमा, जाडो मौसममा तथा वर्षातको याममा पनि प्रयोग गर्न सकिन्छ । बिटुमिन इमल्सनलाई कोल्ड मिक्स (cold mix), हट स्प्रे (ज्य-Hot Spray) गरेर पनि सडक कालोपत्रे गर्न सकिन्छ । सडकको प्याचहोल मर्मत गर्न, क्य्राकसिलिङ्ग गर्न, प्राइमकोट गर्न, ट्याककोट DBST, DBST DBST का साथै कोल्ड मिक्स गरेर पनि पिच गर्न सकिन्छ ।
बिटुमिन इमल्सन दुइ प्रकारका हुन्छन् – एनाओनिक र क्याट आयोनिक । नेपालमा उपलब्ध गिट्टी, चिप्स तथा हावा पानी सुहाउँदो चै क्याटआयोनिक बिटुमिन इमल्सन हो । यो इमल्सन विभिन्न ग्रेडका हुन्छन् । विशेष गरेर स्लो सेटीङ्ग (slow setting), मिडियम सेटीङ्ग Medium setting), ¥यापिड सेटीङ्ग (Rapid setting) र क्वीक सेटीङ्ग (Quick setting) स्लरी सील (slurry seal) छन् । बिटुमिन इमल्सन प्रयोग गर्ने स्थानको वातावरण, तापक्रम, घुम्ती, स्लोप, घाम लाग्ने, छाँया परेको आदि कुराहरुलााई मध्य नजर राखेर कुन प्रकारको इमल्सन प्रयोग गर्ने हो ? तय गरीन्छ र सोही अनुसारको बिटुमिन इमल्सन उत्पादन गरिन्छ ।
नेपालमा बिटुमिन इमल्सनको गुणस्तर कायमगर्न नेपाल गुणस्तर तथा नापतौल विभागले ने.गु. (NS 277) निर्धारण गरेको छ । त्यसैले नेपाल मा उत्पादन तथा विक्रिहुने बिटुमिन इमल्सन नेपाल गुणस्तर अनुसारको हुनुपर्दछ । सडक विभागले पनि TRIP अन्तर्गत बुडार देखि डडेलधुरा सडक, मेची राजमार्ग इलाम सडकमा पनि बिटुमिन इमल्सनले DBST गरेर सडक कालोपत्र गरेको थियो । त्यस्तै अरनिको राजमार्गको दोलालघाट–बाह्रविसे खण्डको सडकमा पनि कोल्ड मिक्स प्रविधि सहितको बिटुमिन इमल्सनप्रयोग गरी कालोपत्रे गरेको थियो ।
बिटुमिन इमल्सन प्रयोगका फाइदाहरु –
१) बिटुमिन इमल्सनले लागतकमगर्न सकिने ।
२) समय वचत ।
३) प्रयोग गर्न सजिलो ।
४) वातावरण मैत्री ।
५) तताउन नपर्ने भएकोले वन जङ्गल विनाश नहुने ।
६) जुनसुकै मौसममा प्रयोग गर्न सकिने ।
७) चिसो ÷तातो दुवै ठाउँमा प्रयोग गर्न सकिने ।
८) यसको खाली ड्रम पुनःप्रयोग गर्न सकिने ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८