काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले र जनता समाजवादी पार्टी जसपा शीर्ष नेताबीच सत्ता सहकार्यका विषयमा भएको छलफल सकारात्मक मोडतर्फ अघि बढेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफल सकारात्मक रहेको नेताले बताएका छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जसपा नेताहरूले आफ्ना माग राखेका थिए । जसपा नेताहरूको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र दुवै पक्षबीचको संयुक्त बैठक पुनः शुक्रबार बस्ने बताइएको छ ।
जसपा कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जसपाले उठाउँदै आएका मुद्दा नै सम्बोधन गर्ने गरी छलफलमा विषय उठान गरिएको बताए ।
जसपाले संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायतका विषय उठाउँदै आएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८