काठमाडौँ, चैत ४ । नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल समूहले आजदेखि काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ ।
दुई दिने भेलामा सहभागी हुन जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् । नजिकैका जिल्लाबाट नेता कार्यकर्ता आज पनि आइपुग्ने क्रम जारी छ ।
नेपाल समूहले हिजो पत्रकार सम्मेलन गरी भेलाको सम्मूर्ण तयारी पूरा भएको जानकारी गराएको थियो ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल(नेपाल समूहले भेला गर्न लागेको हो ।
यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो ।
भेलाका लागि भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८