काठमाडौँ, जेठ ३ ।पछिल्लो २४ घण्टामा देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थप ५ हजार ७६७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८