काठमाडौं, जेठ २३ । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने जग्गा आफ्नो नाममा भएका ४९ जना कथित जग्गाधनीविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । उनीहरुलाई यो जग्गा आफ्नो भएको प्रमाण पेश गर्न यो म्याद दिइएको हो ।
यदि उनीहरुले यो म्यादभित्र जग्गा आफ्नो भएको प्रमाण पेश गर्न नसके जग्गा नेपाल सरकारको नाममा कायम गरिनेछ ।
२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुपर्ने भएकोले सो गर्नु नपर्ने भए आफ्नो प्रमाण पेश गर्नको लागि सूचना दिन जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले गोरखापत्रमा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।
कार्यालयले निषेधाज्ञाका कारण भौतिक रुपमा उपस्थित हुन नसक्ने भए इमेलमार्फत समेत प्रमाण पेश गर्न सकिने जनाएको छ ।
मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए बाटोको म्यादबाहेक २१ दिनभित्र कारण पेस गर्न समय दिएको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।
सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८