असार २९ । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।
देउवा अहिले गठबन्धनसँग छलफलमा छन् । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।
सर्वोच्च अदालतले हिजो प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८