• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 12, Aug, 2022
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / टुडे दैनिक

आज साउन १५ खिर खाएर मनाइँदै

टुडे दैनिक संवाददाताJuly 30, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहेको छ ।

साउने झरीमा दूधमा मरमसला लगायत हालेर बनार्इएको खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताए । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

सम्बन्धित पोस्ट
  • प्रचण्डले राष्ट्रपतिलाई धम्क्याएको भीम रावलको आरोप
  • भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने : निर्वाचन आयोग
  • नागरिकता विधेयक फिर्ता गर्न नागरिकता अध्ययन कार्यदलद्धारा राष्ट्रपति लाई आग्रह
  • यथा स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने – नेपाल आयल निगम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    प्रचण्डले राष्ट्रपतिलाई धम्क्याएको भीम रावलको आरोप

    भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने : निर्वाचन आयोग

    नागरिकता विधेयक फिर्ता गर्न नागरिकता अध्ययन कार्यदलद्धारा राष्ट्रपति लाई आग्रह

    यथा स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने – नेपाल आयल निगम

    आज नाग पञ्चमी नागदेवताको पूजा अर्चना गरि मनाईदै

    जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त

    आज श्रावण १५ खिर खाने विशेष दिनका रुपमा मनाईदै

    उपत्यकामा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या ३४ पुग्यो

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    आज नाग पञ्चमी नागदेवताको पूजा अर्चना गरि मनाईदै

    आज श्रावण १५ खिर खाने विशेष दिनका रुपमा मनाईदै

    आज कर्कट सङ्क्रान्ति ,लुतो फाल्ने दिन , शिवालय हरुमा भक्तजन हरुको चहलपहल वढ्यो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2022: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑