भदौ ७ । नेकपा एमालेका अध्यक्ष केपी ओली तत्कालीन एकता कार्यदलले तय गरेको १०बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन्।
माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेपछि अध्यक्ष ओली कार्यदलले तय गरेको सहमति कार्यान्वयन गर्दै पार्टी कमिटीलाई ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएका हुन्।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकमा स्थायी कमिटीले १०बुँदेको कार्यान्वयनमा जोड दिएको र १०बुँदेको कार्यान्वयनको प्रक्रियालाई अझ तीव्रताका साथ अगाडि बढाउने बताए। उनले बैठक सौहार्द र उपलब्धिमूलक भएको भन्दै पार्टी एकतामा देखापरेका समस्या समाधानमा दृढतापूर्वक अगाडीिबढ्ने विश्वास पनि व्यक्त गरे।
१०बुँदेको कार्यान्वयनको सम्बन्धमा मंगलबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने छ । सो बैठकमा माधव नेपाललाई साथ नदिएका र हालसम्म बैठकमा उपस्थित नभएका स्थायी कमिटी सदस्य पनि सहभागी हुने बताएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८