भदौं ७ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच शीतल निवासमा भेटवार्ता भएको छ । उनीहरुबीच दुई घण्टा वार्तालाप भएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । दुई जनाबीच सोमबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको हो ।
नेता नेपालसँग राष्ट्रपतिले नेकपा एमाले विभाजन रोक्ने प्रयासका लागि संवाद गरेको स्रोतले जानकारी दिएको छ । दुई जना बीचको संवादको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८