असोज १५ । सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायामाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको छ ।
अधिवक्ताहरू द्वय लोचन भट्टराई र धनजित बस्नेतले दर्ता गरेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदावी नपुगेको ठहर गरेको हो ।
भट्टराई र बस्नेतले चार पूर्व प्रधान न्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए ।
२०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चार पूर्व प्रधान न्यायाधीशले त्यसलाई असंवैधानिक भनेपछि उनीहरू विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा चार पूर्व प्रधान न्यायाधीले फागुन ३ गते सर्वोच्चको अवहेलना नगरेको र प्रतिनिधिसभा विघटन गर्नु गैर सवैधानिक भएको दाबी सहितको लिखित जवाफ पेश गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८