असोज १७ । एमालेको जारी विधान महाधिवेशनमा संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव विष्णु पौडेलले पार्टी पदाधिकारी १५ र स्थायी कमिटी ४५ जना रहनेगरी प्रस्ताव गरेका छन् ।
समूहगत छलफल पछि आएको सुझावहरूको आधारमा पौडेलले जवाफ दिने क्रममा पदाधिकारी र स्थायी कमिटीको संरचनाबारे उल्लेख गरेका हुन् । उनले उक्त प्रस्ताव राख्दा हलमा ताली बजेको छ ।
पौडेलका अनुसार अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष रहनेछन् । यसअघि उपाध्यक्षको संख्या तीन प्रस्ताव गरिएको थियो । नेताहरू संख्या बढाउनुपर्ने भन्दै सातजना उपाध्यक्षको माग गरेका थिए । तर, संगठन विभाग प्रमुख पौडेलले अब वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष रहने उल्लेख गरेका छन् ।
त्यस्तै, महासचिव १ जना हुने पुरानो व्यवस्था कायमै छ । पौडेलले यसअघि उपमहासचिव खारेज गर्ने प्रस्ताव ल्याएका थिए । अब उपमहासचिव १ जना कामय गरिने भएको छ । सचिव सात जना राखिने भएको छ । यसअघि सचिवको संख्या ६ प्रस्ताव गरिएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८