असोज १९ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। यस्तै पूर्ण बैठकले दशैं लक्षित न्यायाधीशहरुको रोस्ट्रम पनि मिलाएको छ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले घटनास्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द रहने जानकारी दिए। विदाको समयमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोस्ट्रम मिलाइएको हो। सो समयमा अदालत ११ देखि ३ बजेसम्म खुल्ने पनि उनले जानकारी दिए ।
त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८