१६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गर्नु भएको छ । बुधबार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ६ वटा अध्यादेश जारी गर्नु भएको हो ।
राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले सरकारले सिफारिस गरेको ६ वटा अध्यादेश स्विकृत गरिएको हो ।
हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र रेल्वे अध्यादेश जारी भएका हुनु ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८