• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 27, Jan, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

नेपालमा पनि ओमिक्रोनका संक्रमित पुष्टि, जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु पालना नै महत्वपूर्ण कदम

५३४९० पाठक संख्या

टुडे दैनिक संवाददाताDecember 7, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२१ मंसिर । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको हो ।
मंसिर ३ गते नयाँ भेरियन्ट भेटिएको देश हुँदै आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेटिएको मन्त्रालयले जनाएको छ ।
ओमिक्रोनका बारेमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा ओमिक्रोन भित्रिसकेको देखिएकाले यो भेरियन्ट भित्रभित्रै फैलिएको त छैन भन्ने धेरैको चासोको विषय बनेको छ । भाइसर संक्रमक रोग विशेषज्ञ डा. प्रभात अधिकारीकाले अनुसार ओमिक्रोन भेरियन्ट कति घातक छ ? अहिले प्रयोग भइरहेका खोप यो भेरियन्टविरुद्ध प्रभावकारी छ कि छैन भन्नेबारे अध्ययन अनुसन्धान भइरहेको बताए । त्यसैले अहिले जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु पालना नै महत्वपूर्ण कदम भएको उनको भानाई छ । सो भाइरस फैलाबाट रोक्नका लागि  भाइसर संक्रमक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले चार वटा सुझाव दिएका छन् ।
सुझाव १– नेपाल–भारत सीमा नाकामा कडाइ गर्नुपर्छ । कडाइ गर्ने भन्दैमा यसअघि जस्तो अवैज्ञानिक ढंगले गरेको कडाइको कुने औचित्य छैन । कडाइ वैज्ञानिक ढंगले गर्नुपर्छ । त्यसको लागि सरकारले तयारी गर्नु आवश्यक छ ।
सुझाव २ – बुस्टर डोज । यो भेरियन्टमा खोप कति प्रभावकारी छ भन्ने अध्ययनकै क्रममा छ । तर केही न केही काम गर्छ भन्ने अनुमान गर्न सकिन्छ । हामी कहाँ अझै पनि धेरै नागरिकले पहिलो डोज खोप नै पाउन नसकेको अवस्था छ । उनीहरुलाई तत्काल कम्तीमा एक डोज खोप दिने व्यवस्था मिलाउनुपर्छ । दोस्रो डोजको पर्खाइमा रहेकालाई पनि खोप दिनुपर्छ । त्यस्तै पूर्ण खोप पाएको ६ महिना नाघेकालाई बुस्टर डोज दिने व्यवस्था मिलाउनुपर्छ । सबैलाई बुस्टर डोज लगाउन सम्भव नभए फ्रन्टलाइनर्स, दीर्घरोगी, वृद्धवृद्धालाई प्राथमिकतामा राखेर बुस्टर डोज दिन सकिन्छ । पूर्णखोप पाएको ६ महिनापछि इम्युनिटी पावर घट्दै जाने देखाएको छ । त्यसैले सम्भव भए सबैलाई र नभए प्राथमिकतामा राखेर बुस्टर डोज आवश्यक छ ।
सुझाव ३   – जनचेतना । ओमिक्रोन भेरियन्टबारे जनचेतना फैलाउनु आवश्यक छ । ओमिक्रोन भेरियन्ट कसरी सर्छ, यसको संक्रमण हुँदा के–कस्ता लक्षणहरु देखा पर्छन्, लक्षणहरु देखा परेमा के गर्ने ? अस्पताल कुन समयमा जाने ? परीक्षण कसरी गर्ने ? एक व्यक्तिबाट अर्को व्यक्तिमा यसको संक्रमण फैलन नदिन के गर्ने ? कसरी सावधानी अपनाउने ? भनेर जानकारी दिन जरुरी छ । सँगै यसअघि जस्तै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न जरुरी छ भन्ने चेतनाको विकास गराउनु जरुरी छ । अनिवार्य रुपमा गुणस्तरीय मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नु आवश्यक छ ।
सुझाव  ४  – नियमित जिन सिक्वेन्सिङ । ओमिक्रोन भेरियन्टबाटै संक्रमण भएको हो वा होइन पीसीआर परीक्षणबाट पहिचान गर्न सकिँदैन । त्यसैले कोरोना पुष्टि भएका व्यक्तिहरुको नमुना लिएर जिन सिक्वेन्सिङ नियमित गर्नुपर्छ । कोरोना पुष्टि भएको संख्यामध्ये कम्तीमा ५ प्रतिशतको जिन सिक्वेन्सिङ गर्नुपर्छ । यो नेपालमा सम्भव पनि छ । तर यो भइरहेको छैन । त्यसैले जिन सिक्वेन्सिङलाई तीव्रता दिनुपर्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि ओमिक्रोन भेरियन्टबारे धेरै कुरा थाहा नभएको अवस्थामा जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै उत्तम हुने बताउँछन् । छिटोभन्दा छिटो सबै नागरिकलाई खोप दिने व्यवस्था गर्नुपर्ने र पूर्ण खोप लगाइसकेकाहरुलाई पनि बुस्टर डोज दिनु उपयुक्त हुो उनको सुझाव छ ।
अत्यावश्यकीय सामग्री जोहो गरौंः     अनुसन्धानको क्रममा डब्ल्यूएचओले यो छिटो फैलन सक्ने खतरा रहेको संकेत गरेकाले नेपालमा पनि यसको फैलावट भित्रभित्रै धेरै हुनसक्ने आशंका उब्जाएको डा. पुन बताउँछन् । ‘अनुसन्धानको क्रममा छिटो फैलिने, तर घातक नहुने हो कि भन्ने कुरा पनि आएको छ । यस्तो अवस्थामा त्यति धेरै समस्या नहुन सक्छ,’ डा. पुन भन्छन्, ‘तर छिटो पनि फैलिने र घातक पनि हुने देखियो भने चिन्ताको विषय हुनसक्छ ।’
त्यसैले ओमिक्रोन भेरियन्टले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गरी खोप, औषधि, स्वास्थ्य उपकरण लगायतका अति आवश्यकीय सामग्रीको जोहो गर्नुपर्ने डा. अधिकारीको सुझाव छ ।
‘डेल्टा भेरियन्ट जतिकै वा यो भन्दा पनि बढी संक्रामक एवं घातक भएको अवस्थामा सबैतिर खोप, औषधि, अक्सिजन लगायत अति आवश्यकीय स्वास्थ्य उपकरणहरुको अभाव सिर्जना हुनसक्छ’ डा. अधिकारी भन्छन्, ‘त्यसैलै खोप, औषधि लगायत आवश्यक स्वास्थ्य उपकरणहरुको जोहो पहिला नै गर्दा उचित हुन्छ । संक्रमण सबै मुलुकमा उच्च भएको समयमा ती अति आवश्यकीय स्वास्थ्य उपकरणहरु आपूर्ति गर्न कठिन हुन सक्छ । जसले गर्दा ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।’ यसको लागि हामी तयार अवस्थाको बस्न र सावधानी अपनाउनु पर्दछ ।

सम्बन्धित पोस्ट
  • रविको मुद्दामा आजै फैसला सुनाउने तयारी
  • प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड
  • विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री
  • सिडिओ सरुवा व्यवस्थित गर्न गृहद्धारा कार्यविधि जारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रविको मुद्दामा आजै फैसला सुनाउने तयारी

    प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

    विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री

    सिडिओ सरुवा व्यवस्थित गर्न गृहद्धारा कार्यविधि जारी

    बन्यो प्रचण्ड नेतृत्वको क्याबिनेट : सूचीसहित

    विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

    सभामुख निर्वाचनबारे दलहरुसँग छलफल गर्ने कांग्रेसकाे निर्णय

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने ओलीको दावी

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑