२२ मंसिर । सेयर बजारमा पुन घट्नेक्रम अझै रोकिएको छैन । निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको हो ।
साताको आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार ३२ अंकले सुधारिएको थियो । तर, नेप्सेको टिकाउ मंगलबारसम्म पनि टिकेन र ३७ अंकले घट्यो ।
यससँगै यो साता कारोबार भएको चार दिनमध्ये एकदिन मात्रै बजार बढेको छ । बाँकी तीन दिन बजार निरन्तर ठूलो अंकले घट्दै छ । आज ५३ अंकले घटेसँगै नेप्से परिसूचक २४ सय ५५ अंकमा आइपुगेको छ । यसक्रममा आज २ अर्ब ६६ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता सेयर किनबेच भएको छ ।
बजार ५३ अंकले घटेको दिन सबै समूह राताम्मे बनेका छन् । निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा बढी २३५ अंकले घटेको छ भने जीवन बीमा समूह २९४ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूह १७०, विकास बैंक १५१, लघुवित्त १२५ र व्यापार समूहमा ९९ अंकको गिरावट आएको छ ।
बजार घटेको दिन आज नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ८.५४ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०९ रुपैयाँले घटेर ११ सय ६८ अंकमा आइपुगेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८