पुस १ । नेपाली कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन्। गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन्।
गगनले भने सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए। शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो।
महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा। राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन्।
अन्तिम मतगणना पछि गगन थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर विजयी भएका छन् भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरेर विजयी भएका छन् ।
महामन्त्री पदको मतगणना अपडेट : ४६८२ अन्तिम परिणाम
१) गगनकुमार थापा : ३०२३
२) विश्वप्रकाश शर्मा: १९८४
३) डा.प्रकाशशरण महत: १५५०
४) प्रदिप पौडेल: १४०९
५) डा. मीनेन्द्र रिजाल: ८०९
६) डा. राजाराम कार्की: १०७
सोमबार सम्पन्न मतदानमा ४७४३ मतदातामध्ये ४६८२ मतदाताले मतदान गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८