पुस ७ । माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ ।
माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार ११ पुसमा सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।
राष्ट्रिय सम्मेलनबाट ११-१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८