१९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोजना गरेको मानव अधिकार पुरस्कार वितरण गर्दै उक्त कुरा उहाँले बताउनुभयो ।
समारोहमा उहाँले संयुक्त राष्ट्र सङ्घको मानव अधिकारसम्बन्धी घोषणापत्रले उल्लेख गरेका विषयलाई कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको समेत बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “मानव अधिकार घोषणापत्रको भावनाअनुसार नेपालले आन्तरिक कानुनमा सुधार गरिरहेको छ । यो क्रमलाई आवश्यकताअनुसार आगामी दिनमा पनि निरन्तरता दिन्छौँ ।”
मानव अधिकारको क्षेत्रमा नेपालले गरेको सुधार र उपलब्धिको अन्तर्राष्ट्रिय जगत्बाट पनि प्रशंसा भइरहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल दुई पटकसम्म संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद् सदस्यमा निर्वाचित हुनु यसैको परिणाम हो । यो क्रमलाई आउने दिनमा पनि निरन्तरता दिनुपर्छ ।”
कोभिड–१९ को महामारीको अवस्थामा पनि नागरिकको मानव अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले मानव अधिकारको संरक्षण गर्ने सरकारी अभियानमा सघाउन अधिकारकर्मी, बुद्धिजीवी, प्राध्यापकलाई अनुरोध समेत गर्नुभएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८