पुस २१ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिन लेकफेलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारी र महासचिव लेकफेलबीच बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
हाल नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव लेकफेलले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरत राज पौड्यालसँग भेटवार्ता गरेका छन् ।
बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी मार्च ३० मा गर्न प्रस्ताव गरिएको छ । अध्यक्ष मुलुक श्रीलंकाले बिमस्टेकको पाँचौ शिखर सम्मेलन आयोजनाका लागि नयाँ मिति प्रस्ताव गरेको हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८