• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 12, Aug, 2022
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

गृह मन्त्रालयको उर्दी उल्लंघन गर्दै राप्रपाले निकाल्यो हजारौंको जुलुस

टुडे दैनिक संवाददाताJanuary 11, 2022 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पुस २७ ।  गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर गृह मन्त्रालयको सूचना जारी भएको ३६ घन्टा बित्न नपाउँदै राज्य र नागरिकस्तरमै त्यसको उल्लंघन गरिएको छ ।

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त ढंगले राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ ।

सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भिड लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यसबेला सयौंको भिड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए ।

पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ । त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए । सबैले स्वास्थ्य सतर्कता पालना गरेको देखिएन ।

सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’

सम्बन्धित पोस्ट
  • प्रचण्डले राष्ट्रपतिलाई धम्क्याएको भीम रावलको आरोप
  • भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने : निर्वाचन आयोग
  • नागरिकता विधेयक फिर्ता गर्न नागरिकता अध्ययन कार्यदलद्धारा राष्ट्रपति लाई आग्रह
  • यथा स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने – नेपाल आयल निगम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    प्रचण्डले राष्ट्रपतिलाई धम्क्याएको भीम रावलको आरोप

    भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने : निर्वाचन आयोग

    नागरिकता विधेयक फिर्ता गर्न नागरिकता अध्ययन कार्यदलद्धारा राष्ट्रपति लाई आग्रह

    यथा स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने – नेपाल आयल निगम

    आज नाग पञ्चमी नागदेवताको पूजा अर्चना गरि मनाईदै

    जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त

    आज श्रावण १५ खिर खाने विशेष दिनका रुपमा मनाईदै

    उपत्यकामा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या ३४ पुग्यो

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    आज नाग पञ्चमी नागदेवताको पूजा अर्चना गरि मनाईदै

    आज श्रावण १५ खिर खाने विशेष दिनका रुपमा मनाईदै

    आज कर्कट सङ्क्रान्ति ,लुतो फाल्ने दिन , शिवालय हरुमा भक्तजन हरुको चहलपहल वढ्यो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2022: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑