१२ माघ। दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना २०७८ मा समेटिएको छ ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ । यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ ।
गणक आफैं सो भेगमा पुग्न नसके पनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको उहाँले जानकारी दिनुभयो । वडास्तरमा भएको गणनाबाट यस भेगको जनसंख्या गणना भएको उहाँको भनाइ छ । दार्चुला जिल्लामा रहेको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपाल र भारतबीच विवादमा रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८