एन.वाई.इ.एफ ललितपुर च्याप्टरका नयाँकार्य समिति गठन भएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा यूवाउद्यमी आभूषण ज्योति कंसाकार , राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुविन श्रेष्ठ द्वितीय उपाध्यक्ष अध्यक्ष त्यस्तै नयाँकार्य समितिका सदस्यहरु मनिष थापा, रोविन झा, शिखर पाण्डे, इल्भिश रञ्जित, निरज अग्रवाल, विश्वास अधिकारी र विलाशा श्रेष्ठ चयन हुनु भयो ।
नेपाली यूवा उद्यमी मञ्च (एन.वाई.इ.एफ.) अन्तर्गत ललितपुर च्याप्टरको स्थापना कार्यक्रममा यूवाउद्यमीलाई शसक्तिकरण गर्न र व्यापार व्यवसायमा सकारात्मक धारणा अभिवृद्धि गर्ने उद्देश्यका साथ गत फागुन ६ गते काठमाडौको होटल र्याडिसन कार्यक्रम आयोजना सम्पन्न भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष, राष्ट्रिय पदकबिजेता, तथा अनुकरणीय महिला उद्यमी भवानी राणाले उक्तकार्यव्रmममा आफ्नो अमूल्य मन्तव्य दिनु भएको थियो । उहाँले ललितपुर च्याप्टर का नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भयो । यूवा उद्यमीलार्इ एन.वाई.इ.एफ.ले अगाडी बढ्न महत्वपूर्ण योगदान पुर्याउनुका साथै यूवाहरुलाई कसरी आकर्षित गर्ने र व्यवसायमा सकारात्मक सोचका साथ नेतृत्वदायी भूमिका निर्वाह गरी लक्ष्य हासिल गर्ने धारणा व्यक्तगर्नु भयो ।
त्यसैगरी राष्ट्रिय परिषद्का अध्यक्ष उदीप श्रेष्ठले एन.वाई.इ.एफ.ले हालसम्म गरेको कार्यहरुको चर्चा गर्दै यसको मूल्य र मान्यताबारे जानकारी गराउनु भएको थियो । उहाँले एन.वाई.इ.एफ. यूवा उद्यमीहरु बीच उत्कृष्ट संस्थाभएको र ललितपुर च्याप्टर का नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल शुभकामना दिनु भयो ।
कार्यव्रmममा नेपालउद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी राणा, राष्ट्रिय परिषद्का अध्यक्ष उदीप श्रेष्ठ, राष्ट्रिय परिषदका सदस्यहरु र एन.वाई.इ.एफ. ललितपुर च्याप्टरका पदाधिकारीहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८