फागुन १३ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बैठक १५ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।
अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको संघीय संसदको महासचिव डा। भरतराज गौतमले जानकारी दिए।आजको बैठकमा एमसीसीबारे सामान्य छलफल हुने संभावित कार्यूचीमा थियो।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले सभामुखलाई भेटेर स्थगित गर्न आग्रह गरेका थिए । सदनको अवरोध तथा कार्यसूचीमा रहेको एमसीसीमा सहमति जुटाउन बाँँकी रहेको भन्दै मन्त्री बडूले बैठक स्थगित गर्न सभामुखसमक्ष प्रस्ताव गरेका थिए।
यसअघि बिहीबारको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८