फागुन २२ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भङ्ग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठक शुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भङ्ग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् । संसद्मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भङ्ग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन् ।
‘संसद्मा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने,’ उनले भने, ‘त्यसैले अब संसद् भङ्ग गर्ने, संसद् पनि रहन्न यो बितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’
एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८