फागुन २३ । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन एससीसी सम्झौता बुझाउन नागरिकलाई घर घरमा पुस्तिका पुर्याउने भएको छ ।
संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ ।
पुस्तिका सहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए ।
देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर घरमा पुस्तिका पुर्याउने बताइएको छ । फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ ।
फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने शर्माले जानकारी दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८