• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Wed, 29, Jun, 2022
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने पक्का, एमाले दोस्रो स्थानमा

टुडे दैनिक संवाददाताMay 19, 2022 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

जेठ ५ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ ।

२०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विगत जोगाउने परिणाम ल्याउन नसक्दा एक स्थान तल झर्दै दोस्रो बन्ने देखिएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर बुधबार राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसले विगतको दोस्रो स्थानको हैसियतलाई बदल्दै स्थानीय तहमा पहिलो दल बन्ने पक्का भएको हो ।

यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बुधबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय स्थानीय तहमा जित निकालिसकेको छ भने २० स्थानीय तहमा अग्रता लिएको छ ।

यसैगरी, स्थानीय तहमा चौंथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ ।
यता निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको जारी मत गणनालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले मतगणना कार्यमा सानातिना विषयमा विवाद गर्ने, गणना पुनः गर्न लगाउने तथा झिनो मतान्तर देखिएमा सुरुदेखि नै गन्न लगाउने कार्य भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मत गणनालाई प्रभावकारी बनाउन भनेको हो ।

‘मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाई विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोग हार्दिक आग्रह गर्दछ,’ आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले जनप्रतिनिधिविहीनताको अवस्था आउन नदिन आज बिहीबार ९५जेठ० भित्रै मतगणना सक्नसमेत निर्देशन दिएको छ । ‘मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम प्रयास भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौं,’ आयोगको विज्ञप्तिमा उल्लेख छ, ‘धेरै मतगणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाका हकमा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्न यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छु ।’

सम्बन्धित पोस्ट
  • स्थानीय तहमा अनियमितता बढेको प्रति राष्ट्रपति चिन्तित, आर्थिक अनुशासनको पालना गर्नुपर्नेमा जोड
  • बाढी, पहिरो र डुबानका कारण देशका १२ जिल्लाका सडक अवरुद्ध
  • सानिमा जनरलको साधारणसभा सम्पन्न, मर्जर का लागि संचालक समितिलाई अख्तियारी
  • वामदेवले गरे नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको दल घोषणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    स्थानीय तहमा अनियमितता बढेको प्रति राष्ट्रपति चिन्तित, आर्थिक अनुशासनको पालना गर्नुपर्नेमा जोड

    बाढी, पहिरो र डुबानका कारण देशका १२ जिल्लाका सडक अवरुद्ध

    सानिमा जनरलको साधारणसभा सम्पन्न, मर्जर का लागि संचालक समितिलाई अख्तियारी

    वामदेवले गरे नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको दल घोषणा

    उपत्यकामा ११ दिनमा भेटिए हैजाका १२ बिरामी

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल रु.१७९ र डिजेल मट्टितेलको रु.१६३ प्रति लिटर कायम

    मन्त्रीमण्डल पुनर्गठनको कुरा प्रति नेकपा एस बाट मन्त्री बनेकाहरु रुष्ट,

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    राजनीतिक दलहरू निर्वाचन केन्द्रित तयारीमा जुट्न थाले , विभिन्न रणनीति बनाउँदै

    Bhetayo App प्रयोग ले जिवन सरल वनाउदै ,App किन र कसरी प्रयोग गर्ने?

    टुडे दैनिक

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    आज १४ औ गणतन्त्र दिवस , सैनिक मञ्चमा विभिन्न कार्यक्रम गरि मनाइदै

    भारतीय प्रधानमन्त्री मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने

    आज महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइदै

    नेपालमा कोरोना विरुद्ध खोप अभियान सुरु भएको १ वर्ष पूरा, ३ करोड डोज लगाइयो

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिक डट कमका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2022: टुडे दैनिक डट कम मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑