जेठ ६ । मोरङको रंगेली नगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ। खसेकोभन्दा बढी मत भेटिएपछि विवाद भएको हो।
अवस्था असामान्य भएपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए।
मत बढी भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ता आक्रमक ढंगले प्रस्तुत भएका थिए। त्यहाँको प्रमुख पदमा एमाले उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई १७ सय बढी मतले पछि पारेका छन्।
एमालेका दिलीप कुमार अग्रवाल ४ हजार ६ सय ९० मत पाउँदा कांग्रेसका मोदराज घिमीरेले २ हजार ९ सय ६० मतमात्रै पाएका छन्।
प्रदेश १ मा एमाले सबैभन्दा राम्रो र कांग्रेस सबैभन्दा खराब अवस्थामा मोरङमा देखिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८