जेठ १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन्।
सरकारको नीति तथा कार्यक्रमबारे बिहीबार बसेको संसद बैठकमा आफ्ना कुरा राख्दै उनले यस्तो बताएका हुन्।
‘यो गठबन्धन सरकारले जनतालाई चर्को मूल्यवृद्धिको मारमा पारेको छ’, उनले भने, ‘अर्थतन्त्रलाई तहसनहस बनाएको छ। यो म्यादी सरकारले मनपरी मूल्य बढाएर जनतालाई सताएको छ।’
ओलीले हरेक वस्तुको मूल्यलाई प्रभावित गर्ने पेट्रोलियम पदार्थको मूल्य मनपरी बढाइएको भन्दै आपत्ति जनाए।
‘हरेक वस्तुको मूल्यलाई प्रभावित गर्ने पेट्रोलियम पदार्थको मूल्य मनखुसी बढाइयो’, उनले भने, ‘वैशाख ३० गते भोट हालुन्जेल मौन बस्यो। तर भोट खसाइसकेपछि मल्यवृद्धिको डन्डाले हानियो।’
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८