असार २ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक अरु दलसँग देश विकासको भिजन नै नभएको दाबी गरेका छन्।
स्थानीय निर्वाचन–२०७९ मा निर्वाचित पार्टीनिकट जनप्रतिनिधिका लागि राष्ट्रियसभा भवनमा जारी प्रशिक्षण कार्यक्रम सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेबाहेक अरु दलसँग देश विकासको भिजन नै नभएको दाबी गरेका हुन्।
उनले स्थानीय तह निर्वाचनमा एमालेले जीवन मरणको लडाइँ लडेको जिकिर गर्दै विपक्षीले अस्तित्व मेटाउन खोज्दा पनि प्रमुख दलबाट हटाउन नसकेको जिकिर गरे।
‘हाम्रो पार्टीले जीवन मरणको लडाइँ लड्यो। यो सामान्य लडाइँ थिएन। अस्तित्व मेटाउन खोज्दा पनि आज देशको प्रमुख दल हौँ,’ अध्यक्ष ओलीले भने, ‘एमालेबाहेक अरु दलसँग कुनै देश विकासको भिजन छैन।’
उनले नेपालमा कम्युनिस्ट आन्दोलन सिध्याउने षडयन्त्र भएको पनि बताए।
‘नेपालमा कम्युनिस्ट आन्दोलन सिध्याउन, विकास रोक्न ठूलो षडयन्त्र भयो,’ ओलीले भने, ‘गएका डेढ दुई वर्ष हामी अग्रगमन विरोधी, स्थिरता र स्थायित्व विरोधीसँग जुध्यौँ।’
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८