१० असार। एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।
आठ बुदेँ ध्यानाकर्षण पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदको हस्ताक्षर रहेको छ ।अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो । बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेरको गर्नुपर्ने बताएपछि एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु रुष्ट छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८