• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 12, Aug, 2022
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

बाढी, पहिरो र डुबानका कारण देशका १२ जिल्लाका सडक अवरुद्ध

टुडे दैनिक संवाददाताJune 29, 2022 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

असार १५ ।  लगातारको बर्षाका कारण बाढी, पहिरो र डुबान हुँदा देशका १२ जिल्लाका सडक अवरुद्ध भएका छन् ।

सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेका हुन् ।

यसैगरी, सिन्धुली, गोलन्जोर गाउँपालिका-५ सोलाभन्ज्याङस्थित बीपी राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूणर्रूपमा अवरुद्ध भएको छ भने गोलन्जोर गाउँपालिका-६ अक्करे भिरस्थित सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै मोरङ, लेटाङ नगरपालिका-३ फायर लाइनस्थित लेटाङ कानेपोखरी सडकमा मंगलबार दिउँसो रूख लडेर सडक अवरुद्ध भएको छ ।

यसैगरी, बागलुङ, गल्कोट नगरपालिका-७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने प्युठान, सरुमारानी गाउँपालिका-४ अँधेरी खोला, पाकुरी खोलामा मंगलबार राति लेदोसहितको पहिरो जाँदा प्युठान भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ ।

यस्तै, माण्डवी गाउँपालिका-५ चेरनेटामा बुधबार बिहान लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

धादिङ, गल्छी गाउँपालिका-६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदोसहित पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै दाङ, घोराही उपमहानगरपालिका-१३ बगाले भन्ने स्थानमा रहेको भेरे खोलामा मंगलबार राति भेल आई रोल्पा होलेरीदेखि घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसी घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

त्यसै गरी तनहुँ आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूणर्रूपमा अवरुद्ध भएको छ । नवलपरासी (पूर्व) को विनयीत्रिवेणी गाउँपालिका-१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका-१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएको तीनवटा डाईभर्सन अविरल वर्षाको कारण बुधबार बिहान बगाउँदा पूर्वपश्विम राजमार्ग अवरुद्ध भएको छ ।

धनकुटाको धनकुटा नगरपालिका-९ सिम्सुवास्थित मूलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । उदयपुरको कटारी नगरपालिका-१४ वनडाँडास्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

यसैगरी, चौदण्डीगढी नगरपालिका-१० खैराझोडा र सोही नगरपालिका-९, ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अवरुद्ध भएको छ । यसैगरी, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सम्बन्धित पोस्ट
  • प्रचण्डले राष्ट्रपतिलाई धम्क्याएको भीम रावलको आरोप
  • भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने : निर्वाचन आयोग
  • नागरिकता विधेयक फिर्ता गर्न नागरिकता अध्ययन कार्यदलद्धारा राष्ट्रपति लाई आग्रह
  • यथा स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने – नेपाल आयल निगम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    प्रचण्डले राष्ट्रपतिलाई धम्क्याएको भीम रावलको आरोप

    भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने : निर्वाचन आयोग

    नागरिकता विधेयक फिर्ता गर्न नागरिकता अध्ययन कार्यदलद्धारा राष्ट्रपति लाई आग्रह

    यथा स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने – नेपाल आयल निगम

    आज नाग पञ्चमी नागदेवताको पूजा अर्चना गरि मनाईदै

    जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त

    आज श्रावण १५ खिर खाने विशेष दिनका रुपमा मनाईदै

    उपत्यकामा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या ३४ पुग्यो

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    आज नाग पञ्चमी नागदेवताको पूजा अर्चना गरि मनाईदै

    आज श्रावण १५ खिर खाने विशेष दिनका रुपमा मनाईदै

    आज कर्कट सङ्क्रान्ति ,लुतो फाल्ने दिन , शिवालय हरुमा भक्तजन हरुको चहलपहल वढ्यो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2022: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑