असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह हरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनु भएको छ।
बुधबार महालेखापरीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनु भएको हो ।
राष्ट्रपति भण्डारीले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने मा जोड दिनुभयो । उहाले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायहरूबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँटलगायतका सुधारका क्षेत्रहरू पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव दिनुपर्नेमा समेत जोड दिनुभयो ।
‘विगतका लेखापरीक्षणको प्रतिवेदनले बेरुजु बढिरहेको पक्ष औँल्याएका छन् । अपेक्षाकृत रूपमा बेरुजु फर्स्योट भएको देखिँदैन,’ उहाले भन्नुभयो, ‘पछिल्लो समयमा नवस्थापित स्थानीय तहहरूमा अनियमितता वृद्धि हुँदै जानु चिन्ताको विषय बनेको छ ।’ स्थानीय तहको निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व जिम्मेवारी सम्हाल्ने क्रम सुरु भएको सन्दर्भमा नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने उहाले बताउनुभयो ।
संघ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखापरीक्षकको कार्यालय सक्षम हुनुपर्ने उहाको भनाइ थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८