• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

दाइजोमा कार दिन नसक्दा आफ्नै पतिद्वारा कुटपिट गरी पिंकीको मृत्यु

१८८५८ पाठक संख्या

टुडे दैनिक संवाददाताSeptember 26, 2022 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

शारदा पोखरेल/असोज१०

बारा कलैया उपमहानगर १ कि पिंकी कुर्मीलाई विहेमा दाईजो स्वरुप कार दिन नसक्दा आफ्नै श्रीमान्ले कुटी कुटी हत्या गरेका छन् । यसअघि बिहेमा ४० लाख नगद र १० तोला सुन दिए पनि पछि कार माग्न थालेपछि त्यहि कार दिन नसक्दा बहिनीलाई कुटी कुटी मारिएको दिदी सपना गुप्ताले बताएकी छिन् ।

चितवनको भरतपुर महानगरपालिका १ की पिकंीको विहे बाराको कलैया उपमहानगर १ मोतीबागका दिपेन्द्र कुर्मीसंग २०६७ मंसिर १४ मा सामाजिक परम्परा अनुसार धुमधामसंग नै भएको थियो । विहेका बेला दाइजोमा माइतीले ४० लाख नगद र १० तोला सुन पनि दियो ।

तर विहे भएको ८/१० महिना नबित्दै दिपेन्द्रले कार पनि चाहियो भन्दै पत्नि पिंकीलाइ तनाव दिन थाले । तर पिंकीले माइतीले कार दिन सक्ने हैसियत नभएको भन्दै पतिको प्रस्तावलाइ टार्दै आइन् । त्यसपछि पिंकीले जब पहिलो सन्तानका रुपमा छोरी साँचीलाइ जन्म दिइन् त्यसपछि परिवारका सदस्यले त्यसको निहुमा झन धेरै मानसिक र शारिरिक यातना दिन शुरु गरे ।

एकातरि दाइजोमा कारण र अर्को तिर छोरी जन्माएको निहुमा यातना थपिदै गएपछि आजित पिंकीले घरमै एक पटक आत्महत्याको प्रयास पनि गरेकी थिईन् । तर छिमेकीले बेलैमा थाहा पाएर उनको सकुशल उद्धार गरे । त्यति हुदा समेत परिवारका सदस्यबाट यातना दिने क्रम रोकिएन ।

पति, सासु र ससुराको कुटपिटबाट गम्भिर घाइते भएकी पिंकीको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारमा यहि असोज २ गते मृत्यु भएको दाइ मनिष बताउछन् । मृतक पिंकीकी दिदी सपना भन्छिन्,‘ दाइजोमा कार नदिएको र छोरी पाएकै निहुमा मेरी बहिनीलाइ पापीहरुले १२ वर्ष देखि यातना दिएर मारे , हत्याको मुख्य कारण भनेकै दाइजोमा कार नदिएको हो , अनि छोरी किन जन्माइस् भन्ने निहु पनि हो ।

मृतक पिंकीका दाइ मनिष भन्छन्,‘ परिवारको एक्लो छोरो , त्यसमा पनि बैंक जागिरे भएकाले बहिनीले सुख पाउछे भनेर मागे जति दाइजो दिएर विहे गरिदियौ तर मेरी बहिनीले विहे भए देखि नै कहिले सुखको सास फेर्न पाइन , दाइजोको लोभी ज्वाँइ दिपेन्द्र र पापी बाउआमाले १२ वर्ष सम्म यातना दिइरहे , अन्तमा कुटेर हत्या गरे ।

मृतक पिंकीका पति दिपेन्द्र पिंकीको हत्या आरोपमा अहिले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा छन् । उनि वीरगन्ज स्थित एसबीआइ बैंकको शाखा प्रबन्धक पनि हुन् । बैंकमा पद स्तरोन्नत्ती भएपछि ज्वाँइ दिपेन्द्रले माइतीबाट कार माग्न पत्नि पिंकीलाइ दबाब दिन थालेको तर आफुहरुले कार दिन नसक्ने भएको भनेर जवाफ दिएपछि बहिनी पिंकी मााथि कुटपिट गर्दै यातना दिन थालिएको दिदी सपना बताउछिन् ।

दाइ मनिषका अनुसार , कुटपिटबाट सिकिस्त भएपछि गत भदौ २७ गते उपचारका लागि ज्वाइ दिपेन्द्र सहितकाले वीरगन्जको एडभान्स हस्पिटलमा लगेका थिए । तर त्यहा उपचार सम्भव नभएपछि दिपेन्द्रले पिंकीको माइतीमा खबर गरेका थिए । त्यसपछि पिंकीलाइ उपचारका लागि भदौं २८ गते चितवन मेडिकल कलेजमा लगेर भर्ना गरियो ।

टाँउकोमा रगत जमेको भन्दै डाक्टरले शल्यकृया पनि गरे । तर अवस्था झनै बिग्रीएपछि पिंकीलाइ काठमाण्डौको मेडिसिटी अस्पताालमा लगेर भर्ना गरियो । जहा उपचारका क्रममा असोज २ मा पिंकीको मृत्यु भयो । पाटन अस्पतालमा गरिएको शवको पोस्टमार्टम रिपोर्ट देखाउदै दाइ मनिष भन्छन्,‘ पोष्टमार्टम रिपोर्टमा पिंकीको टाँउकोमा गह्रुङ्गो वस्तुले हानेका कारण १०÷१५ दिन पहिले देखि मस्तिष्कमा रगत जमेको र त्यहि कारण मृत्यु भएको भनेर डाक्टरले लेखेका छन् ।

पोष्टमार्टम रिपोर्टले नै निर्घात कुटपिट गरिएकै कारण पिंकीको मृत्यु भएको पुष्टि भएको दाइ मनिष बताउछन् ।
मनिषका अनुसार , पाटन अस्पतालले पोष्टमार्टमको रिपोर्ट दिए लगत्तै त्यहिबाट प्रहरीले आरोपित बहिनी ज्वाँइ मनिषलाइ नियन्त्रणमा लिएर हिरासतमा राखेको र अहिले जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ ।

बहिनी पिंकीको हत्यामा प्रत्यक्ष संलग्न रहेको भन्दै दाइ मनिषले पिंकीका पति दिपेन्द्र , ससुरा मुरारी प्रसाद जयसवार , सासु मन्तुरा देवी , काका ससुरा जगत प्रसाद जयसवार गरि ४ जना विरुद्ध कर्तव्य ज्यान मुद्धामा असोज ४ गते जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका छन् ।

जस मध्ये दिपेन्द्र पहिले नै पक्राउ परि प्रहरी हिरासतमा छन् भने अरु तीन जना आरोपितलाइ प्रहरीले अहिले सम्म पनि पक्राउ नगरेको दाइ मनिष गुनासो गर्छन् । असोज ४ मा जोहरी दिन जादा जिल्ला प्रहरी कार्यालयमै आरोपितका निकटका मानिस र केहि नेताले धम्क्याउदै अवरोध समेत गरेको दाइ मनिष बताउछन् । उनी भन्छन्,‘ जाहेरी दर्ता गराउन प्रहरी कार्यालयमा जादा हामीलाइ निक्कै धम्क्याइयो तर हामीले त्यसको परवाह गरेनौ मुद्धा दर्ता गरायौ ।

पिंकीकी छिमेकी समेत रहेकी कलैयाकी महिला अधिकारकर्मी सरस्वती खनाल पनि परिवारका सदस्यहरुको यातनाकै पिंकीको हत्या भएको दाबी गर्छिन् । उनि भन्छिन् ,‘ पिंकीको घरसंगै मेरो पनि घर छ , विहे भएर आए देखि नै पिंकीलाइ परिवारबाट यातना दिन थालिएको थियो , उसको घरमा सधैं कोलाहल हुन्थ्यो,विचरा पिंकीले कहिले पनि परिवारकोे माया र साथ पाइन ।

पिंकीको पिडा दखेर उसलाइ सान्तवना दिन घरमा जादा समेत उसका सासु ससुराले उल्टै धम्क्याउने गरेको उनि बताउछन् । घरेलु हिंसाबाट पिडित पिंकीले यसअघि प्रहरी , प्रशासन र अदालतमा पटक पटटक न्यायका लागि गुहार पनि लगाएको तर न्याय पाउन नसकेको उनी बताउछिन् । खनाल भन्छिन् ,‘ एक पटक त म आफै अदालतमा पिंकीको पक्षमा साक्षी बनेर बयान दिएकोे थिए , म साक्षी बन्दा पनि मलाइ उसका परिवारका सदस्यले धम्क्याए तर मैले त्यसको परवाह गरिन ।

खनाल भन्छिन्,‘ पिंकीलाइ यातना दिएरै मारिएको हो , त्यसैले समाजमा रहेका यस्ता अपराधी र पापीहरुलाइ कानुनले सजाय दिनै पर्छ नत्र हरेक दिन पिंकीहरु यसरी नै मारिन्छन् । बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले भने यो घटनाको अनुसन्धान र कारबाही प्रकृयामा प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने बताए ।

बोगटीले भने, ‘आरोपित मध्येका १ जना प्रहरी हिरासतमै छन् , बाँकी ३ जना कृयामा बसेका कारण नियन्त्रणमा लिन नमिलेको हो,हिरासतमा रहेका व्याक्तिको बयान पनि लिइरहेका छौं , उसको बयानबाट पनि थप कुराहरु खुल्न सक्छ । प्रहरी उपरिक्षक बोगटीले मृतक पिंकी पहिले देखि नै घरेलु हिंसाबाट पिडित भएको उजुरी प्रहरीमा परेकोले ती सबै फाइलहरुका बारेमा पनि अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘ यो घटनामा प्रहरीको तर्फबाट गरिनु पर्ने अनुसन्धान हामीले एकदमै संवेदनशील भएर गरिरहेका छौ , त्यसैले प्रहरीको भुमीकामा कसैले कुनै शंका नगरे हुन्छ ।

सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑