• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

‘उम्मेदवार’हरुको दशै पर्व परिवार भन्दा टिकटको दौड र कार्यकर्ता भेटघाटमा व्यस्त

३१६०१ पाठक संख्या

टुडे दैनिक संवाददाताOctober 5, 2022 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बारा, अशोज १९
आस्रन निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धन दलका ‘दावेदार उम्मेदवार’हरुको दशै पर्व परिवारका सदस्यहरुसँग बसेर रमाईलो गर्न भन्दा टिकटको दौड, कार्यकर्ता तथा शुभेच्छुक भेटघाटमा व्यस्त देखिएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि गठबन्धन दलहरुबीच टिकट बाँडफाँट टुंगिएसँगै दावेदार उम्मेदवार बडादशैलाई आफन्त परिवारका सदस्यहरुसँग बसेर रमाईलो गर्नुभन्दा राजनीतिक भेटघाटमा व्यस्त देखिएका हुन् । बाराको ४ वटा संघीय निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ नेपाली कांग्रेस, २ र ३ जनता समाजवादी पार्टी (जसपा) र क्षेत्र नं ४ नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । जसमध्ये क्षेत्र नं १ मा उमाकान्त चौधरी, २ र ३ मा क्रमशं रामसहाय प्रसाद यादव र रामबाबु कुमार यादवको नाम निश्चित प्रायं भएको छ ।

कांग्रेस र जसपाले २०७४ मा निर्वाचित पुरानै अनुहारलाई यसपटक पनि पुनं दोह्रोर्याउने तयारीमा छन् । २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका किसान श्रेष्ठ भने यसपटक बारा क्षेत्र नं ४ बाट उम्मेदवार बन्ने भएका छन् । श्रेष्ठ बिगतमा परिवारका सदस्य, आफन्त र साथीभाईहरुसँग बसेर रमाईलो गरेर मनाउने दशै पर्व यसपटक चुनावी चहलपलहका कारण कार्यकर्ता र शुभेच्छुक भेटघाटमा व्यस्त भएको बताउछन् । दशैको अवसर पारेर जितपुर सीमरा उपमहानगर,४ स्थित श्रेष्ठको निवासमा दैनिक सयौको संख्यामा कार्यकर्ता तथा शुभेच्छुकहरु आउजाउ, पार्टी प्रवेश लगायत दैनिक विभिन्न कार्यक्रमहरु हुने गरेको छ ।

यता, नेपाली कांग्रेस बारा क्षेत्र नं १ का उम्मेदवार खानेपानी मन्त्री तथा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी आस्रन निर्वाचनकै कारण यसपटक ९० वर्षिय वृद्व आमाको हातको टिका लगाउन गृह जिल्ला आउन नभ्याउने भएका छन् । सिट बाँडफाँडको विषयलाई लिएर आज पनि गठबन्धन दलहरुबीच बैठक बसिरहेको छ । ‘देशभरको टिकट बाँडफाँट अव २ दिनभित्र टुंगो लगाउनुपर्ने र उहाँ आफै टिकट बाँडफाँट कार्यदलमा भएका कारण यसपटक दशैमा मन्त्री ज्यु गृह जिल्ला जाने अवस्था छैन्’ खानेपानी मन्त्री चौधरीको सचिवालय सदस्य ह्रदयराज मिश्रले भने ‘उहाँ अव एकैपटक उम्मेदवारी मनोनयनको दिन (अशोज २३) गते) मात्रै जिल्ला जाने कार्यक्रम छ’

वर्षेनी दशैमा आमाको हातको टिका लगाउन कोहल्वी नगरपालिका २ बेलवा आफ्नो निवासमा आउने मन्त्री चौधरी यसपटक निर्वाचन गतिविधिका कारण एकैपटक उम्मेदवारी मनोनयनको दिन जिल्ला आउने सचिवालयले जनाएको छ । यता बारा क्षेत्र नं २ मा दावेदार उम्मेदवार पूर्व वन मन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामसहाय प्रसाद यादव पनि पार्टीको तर्फबाट टिकट बाँडफाँट समिति सदस्यमा भएका कारण दशैमा गृह जिल्ला बारा आउन भ्याएनन् ।
हिन्दु धर्मालम्बीहरुको महान् पर्व दशैलाई मधेशमा माटोले देविको मुर्ती बनाएर ठाँउ ठाँउमा स्थापना गर्ने र घरका महिलाहरु निराहार ब्रत बसेर दुर्गाको पुजा गर्ने प्रचलन छ । ‘मधेशमा घटस्थापना देखि दशमीसम्म घरका सदस्यहरु ब्रत बस्ने र दशमीको दिन ब्रत बसेको सदस्य वा पण्डितको हातबाट जमरा लगाउने हामी कहाँ प्रचलन छ’ बारा क्षेत्र नं ३ का निवर्तमान संघीय सांसद रामबाबु यादवले रातोपाटीसँग भने ‘पहाडी समुदायमा जस्तो आफ्ना आफन्तको घरमा पुगेर आफु भन्दा ठुलाको हातबाट टिका लगाउने चलन हामीकहाँ छैन्’ ।
मधेशमा घरका सम्पुर्ण सदस्यहरुले दशैको पहिलो दिन घटस्थापना देखि अष्ट्रमीसम्म कपाल, दाह्री काट्न नहुने र माछामासु समेत नखाने प्रचलन छ ।

सघीय सांसद यादवले यसपटक राजनीतिक भेटघाट सँगै नवदुर्गाभर आफ्नो निर्वाचन क्षेत्रमा देवी स्थापना भएका प्रत्येक ठाँउमा पुगेर पुजापाठ गर्ने, प्रसाद ग्रहण गर्ने काममा सहभागी भएको बताउछन् । ‘यसपटक निर्वाचन गतिविधि शुरु भएपनि कार्यकर्ता भेटघाट सँगसगै दुर्गा स्थापना गरिएको ठाँउमा पुगेर प्रसाद ग्रहण गर्ने काम रोकिएको छैन्’ उनले भने । बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठ पनि आफ्नो निर्वाचन क्षेत्रमा पार्टी कमिटीका पालिका प्रमुख, जिल्ला कमिटी सदस्य तथा शुभेच्छुकहरुसँग भेटघाटमा व्यस्त छन् ।
‘जनताको काम गरेपछि चुनाव जित्न गाह्रो छैन्,बेरोजगार युवाहरुलाई रोजगारीको यहि व्यवस्था मिलाउने, व्यापार गर्ने, कृषि गर्नेलाई कसरी सहयोग गर्ने भन्ने धेरै योजना छन् मसँग’ फेटाँ, प्रसौनी, परवानीपुर,बिश्रामपुर गाँउपालिका पार्टी कमिटी प्रमुख तथा जिल्ला कमिटि सदस्यहरुसँगको भेटघाटमा पूर्व श्रम मन्त्री श्रेष्ठले भने ‘म पैसा कमाउन राजनीतिमा आएको होईन, बारा क्षेत्र नं ४ को बिकास मेरो पहिलो प्राथमिकता हो’ ।

सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑