कार्तिक ३ । यसवर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार कात्तिक २ गतेसम्म संक्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।
डेंगु संक्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।
डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८