कार्तिक २० । चार देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन् । निर्वाचन अनुगमन गर्न भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका हुन ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउने भएका छन् ।
श्रीलंका र दक्षिण कोरियाबाट पनि निर्वाचन आयुक्त आउनेछन् ।उनीहरूलाई काठमाडौं उपत्यकाका मतदान स्थल अवलोकन गराउन निर्वाचन आयोगले तयारी गरेकोछ ।सहायक प्रवक्ता भट्टराईका अनुसार जापानको राज्यमन्त्री स्तरीय टोली पनि आउने सम्भावना छ ।
आमन्त्रितको हवाईबाहेक अन्य खर्च नेपाल सरकारले बेहोर्नुपर्ने हुन्छ । आमन्त्रण गरिएका व्यक्तिलाई आयोगले निर्वाचन अवलोकनकर्ताको परिचयपत्र उपलब्ध गराउनेछ ।
अवलोकनकर्ताका साथमा परराष्ट्रका सम्पर्क अधिकृत खटिनेछन् । आयोगका अनुसार निर्वाचन अनुगमन गर्न रुस, डेनमार्क र बंगलादेशका पर्यवेक्षक आउनेछन् । यसबाहेक अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थाले पनि निर्वाचन अनुगमनको स्वीकृति पाएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८