मंसिर ८ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् ।
लामिछानेले ४९ हजार २६१ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६४९ मत पाए ।
पोख्रेल यहाँबाट दुई पटक सांसद भइसकेका व्यक्ति हुन्। निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ। यहाँ ८४ हजार ३२७ मत खसेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८