• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Tue, 07, Feb, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

सिडिओ सरुवा व्यवस्थित गर्न गृहद्धारा कार्यविधि जारी

५५५६ पाठक संख्या

टुडे दैनिक संवाददाताJanuary 19, 2023 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

माघ ५ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवालाई व्यवस्थित गर्न गृह मन्त्रालयले पहिलोपटक कार्यविधि जारी गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरेका हुन् ।

एउटै व्यक्ति लामो समय र धेरै जिल्लामा चक्कर लगाइरहने, योग्यता र अनुभव नपुगेका पनि पहुँचका आधारमा सिडिओ हुने तथा सरुवा हुने, कार्यसम्पादन मूल्यांकनको थिति नै नभएकोलगायत विषयलाई कार्यविधिले व्यवस्थित गर्न खोजेको छ । ०६८ ताका सर्वोच्च अदालतले सिडिओमा पठाउँदा कानुन पढेको वा न्याय सेवासम्बन्धी तालिम लिएकालाई मात्र पठाउन निर्देशनात्मक आदेश दिएको थियो । तर, यो पनि पूर्ण कार्यान्वयनमा छैन । यसबाहेक सिडिओ सरुवामा हालसम्म कुनै कानुनी आधार छैन । गृहमन्त्री नियुक्त भएपछि लामिछानेले सरुवालाई व्यवस्थित गर्न कार्यविधि ल्याएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सिडिओको सरुवा, पदस्थापन र काजलाई व्यवस्थित गर्न पहिलोपटक कार्यविधि जारी गरिएको बताए ।

कार्यविधिले सिडिओको सरुवा, पदस्थापन र काजमा कानुनको ज्ञान, कार्य अनुभव, वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई जोड दिएको छ । पहुँचका आधारमा एउटै व्यक्तिले लिइरहने अनवरत अवसरमा अंकुश लगाएको छ । सिडिओको पदस्थापन वा सरुवा गर्दा वा काजमा खटाउँदा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापनसम्बन्धी ज्ञान, स्थानीयस्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताका आधारमा सरल, पारदर्शी तथा अनुमानयोग्य बनाउन कार्यविधि ल्याइएको जनाइएको छ ।

कार्यविधिले सिडिओको पदस्थापना वा सरुवा हुन वा काजमा खटाउने सम्बन्धमा योग्यता निर्धारण गरेको छ । यसका लागि कानुनमा स्नातक गरेको वा तालिम लिएको र गृह मन्त्रालय वा अन्तर्गत एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।

सहसचिव सिडिओ हुने ‘क’ वर्गको जिल्लामा मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । उपसचिव खटाउनुपर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तीमा पाँच वर्षको प्रशासनिक क्षेत्रको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

उपसचिव सिडिओ हुने हकमा उपसचिव श्रेणीको सहायक सिडिओ वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा गृह मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । सहसचिव र उपसचिव दुवैको हकमा सिडिओ बन्न कानुनमा स्नातक तह उत्तीर्ण वा मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने भनिएको छ ।

सिडिओको पदस्थापना वा सरुवा गा काजमा खटाउँदा कस्तालाई प्राथमिकता दिने भन्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । जसअनुसार पहिलोपटक सिडिओ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत सहसचिव वा उपसचिवमध्ये वरिष्ठ अधिकृतलाई खटाउने भनिएको छ । त्यस्तै, काठमाडौं उपत्यकाका जिल्लामा पदस्थापना, सरुवा वा काज खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा सिडिओ भई अनुभव हासिल गरिसकेकालाई खटाउने व्यवस्था गरिएको छ ।

प्रदेश राजधानी भएको जिल्लाको हकमा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा वा सिडिओ भई कार्य गरिसकेका अधिकृतलाई खटाउने व्यवस्था पनि कार्यविधिमा छ । गृहसचिव वा सिडिओबीच हुने कार्यसम्पादन सम्झौताको मूल्यांकनमा उत्कृष्ट हुने तीन जिल्लाका सिडिओलाई पनि पदस्थापना, सरुवा वा काजमा प्राथमिकता दिइने व्यवस्था कार्यविधिमा छ ।

सिडिओको पदस्थापना वा सरुवामा अयोग्यताको व्यवस्था पनि कार्यविधिमा छ । जसमा विभागीय सजाय पाएको भए सो अवधिभर वा विभागीय कारबाहीको प्रक्रिया प्रारम्भ भएको भए सो प्रक्रिया नटुंगेसम्म पदस्थापना, सरुवा वा काजमा नखटाइने व्यवस्था छ । त्यस्तै, कार्यसम्पादन सम्झौताको मूल्यांकनमा ९० प्रतिशतभन्दा कम अंक ल्याई अन्तिम तीनमा रहने तीन जिल्लाका सिडिओलाई तत्काल अर्को जिल्लामा जिम्मेवारी नदिने व्यवस्था छ ।

सहसचिव सिडिओ रहने पदमा पदस्थापना गर्दा सहसचिव उपलब्ध हुन नसके पाँच वर्ष पूरा भएको उपसचिवलाई खटाउने व्यवस्था छ । त्यस्तै, सहसचिव सिडिओ रहने पदमा उपसचिव खटाउँदा ‘ग’ वर्गको जिल्लामा खटाउने व्यवस्था गरिएको छ । स्थायी ठेगाना भएको जिल्लामा सिडिओका रूपमा पदस्थापना, सरुवा वा काजमा खटाउन नपाउने पनि कार्यविधिले भनेको छ । कुनै प्रदेशमा एक अवधि पूरा गरेका अधिकृतलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा सिडिओ नखटाइने पनि कार्यविधिमा उल्लेख छ ।

पदस्थापन, सरुवा, काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र त्यसको आधारसम्बन्धी व्यवस्था पनि कार्यविधिमा छ । ६१ जिल्लामा सहसचिव खटाइने र त्यसको आधार पनि दिइएको छ । ती ६१ जिल्लालाई पनि ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरिएको छ । ‘क’ मा १२, ‘ख’ मा २७ र ‘ग’ मा २२ जिल्ला छन् ।

सहसचिवलाई पहिलोपटक सिडिओका रूपमा खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा खटाइने व्यवस्था कार्यविधिमा छ । तर, गृह मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भई न्यूनतम एक वर्ष कार्यसम्पादन गरेकालाई भने ‘क’ वर्गकै जिल्लामा खटाउन बाधा नपर्ने भनिएको छ । कार्यविधि लागू भएपछि अन्य निकायबाट सरुवा भई गृह मन्त्रालय आएकालाई सिडिओका रूपमा खटाइएको पटकलाई कार्यविधिले पहिलोपटक मानेको छ ।

उपसचिव सिडिओ रहने जिल्लामा सिडिओ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गतको कार्यालयमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । ‘ग’ वर्गको जिल्लामा सिडिओ भएको अधिकृतलाई ‘ख’ वा ‘क’ वर्गको जिल्लामा खटाइने र निजको इच्छाविपरीत पुनः ‘ग’ वर्गको जिल्लामा नखटाइने भनिएको छ । त्यस्तै, ‘क’ वर्गको जिल्लामा सिडिओ भइरहेको अधिकृतलाई तत्काल ‘क’ वर्गकै अर्को जिल्लामा सिडिओमा नपठाउने व्यवस्था पनि कार्यविधिमा छ । तर, वार्षिक कार्यसम्पादन सम्झौताको मूल्यांकनका आधारमा उत्कृष्ट तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भने ‘क’बाट ‘क’ वर्गमै खटाउन भने सकिनेछ । गृहसचिव र सिडिओबीच हुने कार्यसम्पादन सम्झौताको उपलब्धिस्तरको औसत अंकलाई समेत सिडिओको पदस्थापना, सरुवा वा काजमा खटाउने आधार बनाइने पनि भनिएको छ ।

एउटा जिल्लामा सिडिओको पदावधि एक वर्ष

विशेष परिस्थितिमा बाहेक एउटा जिल्लामा सिडिओको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुने व्यवस्था कार्यविधिमा छ । शान्ति सुरक्षाको अवस्था बिग्रिन गएमा, सिडिओ लामो समय कार्यालयमा अनुपस्थित हुने अवस्था, गम्भीर स्वास्थ्य अवस्था, विभागीय कारबाहीको सिफारिस, आचरण तथा अनुशासनसम्बन्धी प्रश्नलगायतलाई विशेष अवस्थाका रूपमा व्याख्या गरिएको छ । तर, गत १ वैशाखअघि सिडिओको जिम्मेवारीमा खटाइएकालाई अन्यत्र कामकाजमा खटाउन बाधा नपर्ने व्यवस्था पनि कार्यविधिमा छ ।

कार्यविधिले एकपछि अर्को जिल्लामा निरन्तर सिडिओमा चक्कर लगाइरहने प्रवृत्ति रोक्न खोजेको छ । त्यसका लागि निरन्तर तीनवटा जिल्लाको सिडिओको जिम्मेवारी बहन गरिसकेका सहसचिवलाई गृह मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा एक अवधिका लागि सिडिओबाहेकको जिम्मेवारीमा खटाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, एक अवधि सिडिओ भइसकेको उपसचिवलाई सहायक सिडिओ वा मन्त्रालय वा विभाग वा अन्तर्गतको कार्यालयको समान पदमा खटाई एक कार्यकालपछि मात्र सिडिओको जिम्मेवारीमा खटाइने पनि कार्यविधिमा उल्लेख छ । गृह मन्त्रालयबाहिर सरुवा भई गएको उपसचिव पुनः मन्त्रालयमा सरुवा भई आएमा एक अवधि मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कामकाज गरेपछिमात्र सिडिओको जिम्मेवारीमा खटाइने व्यवस्था कार्यविधिमा छ । नयाँ पत्रिका दैनकबाट

सम्बन्धित पोस्ट
  • राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री सँग ओलीको छलफल
  • अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली
  • नागरिकतालगायत जनसरोकार जोडिएका विधेयक संसदमा लैजाने दलहरूबीच समझदारी
  • टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री सँग ओलीको छलफल

    नागरिकतालगायत जनसरोकार जोडिएका विधेयक संसदमा लैजाने दलहरूबीच समझदारी

    टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा

    मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका

    रवि लामिछानेले आज नागरिकता लिने

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑