• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Sun, 07, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

सिडिओ सरुवा व्यवस्थित गर्न गृहद्धारा कार्यविधि जारी

२८२८१ पाठक संख्या

टुडे दैनिक संवाददाताJanuary 19, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

माघ ५ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवालाई व्यवस्थित गर्न गृह मन्त्रालयले पहिलोपटक कार्यविधि जारी गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरेका हुन् ।

एउटै व्यक्ति लामो समय र धेरै जिल्लामा चक्कर लगाइरहने, योग्यता र अनुभव नपुगेका पनि पहुँचका आधारमा सिडिओ हुने तथा सरुवा हुने, कार्यसम्पादन मूल्यांकनको थिति नै नभएकोलगायत विषयलाई कार्यविधिले व्यवस्थित गर्न खोजेको छ । ०६८ ताका सर्वोच्च अदालतले सिडिओमा पठाउँदा कानुन पढेको वा न्याय सेवासम्बन्धी तालिम लिएकालाई मात्र पठाउन निर्देशनात्मक आदेश दिएको थियो । तर, यो पनि पूर्ण कार्यान्वयनमा छैन । यसबाहेक सिडिओ सरुवामा हालसम्म कुनै कानुनी आधार छैन । गृहमन्त्री नियुक्त भएपछि लामिछानेले सरुवालाई व्यवस्थित गर्न कार्यविधि ल्याएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सिडिओको सरुवा, पदस्थापन र काजलाई व्यवस्थित गर्न पहिलोपटक कार्यविधि जारी गरिएको बताए ।

कार्यविधिले सिडिओको सरुवा, पदस्थापन र काजमा कानुनको ज्ञान, कार्य अनुभव, वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई जोड दिएको छ । पहुँचका आधारमा एउटै व्यक्तिले लिइरहने अनवरत अवसरमा अंकुश लगाएको छ । सिडिओको पदस्थापन वा सरुवा गर्दा वा काजमा खटाउँदा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापनसम्बन्धी ज्ञान, स्थानीयस्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताका आधारमा सरल, पारदर्शी तथा अनुमानयोग्य बनाउन कार्यविधि ल्याइएको जनाइएको छ ।

कार्यविधिले सिडिओको पदस्थापना वा सरुवा हुन वा काजमा खटाउने सम्बन्धमा योग्यता निर्धारण गरेको छ । यसका लागि कानुनमा स्नातक गरेको वा तालिम लिएको र गृह मन्त्रालय वा अन्तर्गत एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।

सहसचिव सिडिओ हुने ‘क’ वर्गको जिल्लामा मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । उपसचिव खटाउनुपर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तीमा पाँच वर्षको प्रशासनिक क्षेत्रको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

उपसचिव सिडिओ हुने हकमा उपसचिव श्रेणीको सहायक सिडिओ वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा गृह मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । सहसचिव र उपसचिव दुवैको हकमा सिडिओ बन्न कानुनमा स्नातक तह उत्तीर्ण वा मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने भनिएको छ ।

सिडिओको पदस्थापना वा सरुवा गा काजमा खटाउँदा कस्तालाई प्राथमिकता दिने भन्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । जसअनुसार पहिलोपटक सिडिओ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत सहसचिव वा उपसचिवमध्ये वरिष्ठ अधिकृतलाई खटाउने भनिएको छ । त्यस्तै, काठमाडौं उपत्यकाका जिल्लामा पदस्थापना, सरुवा वा काज खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा सिडिओ भई अनुभव हासिल गरिसकेकालाई खटाउने व्यवस्था गरिएको छ ।

प्रदेश राजधानी भएको जिल्लाको हकमा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा वा सिडिओ भई कार्य गरिसकेका अधिकृतलाई खटाउने व्यवस्था पनि कार्यविधिमा छ । गृहसचिव वा सिडिओबीच हुने कार्यसम्पादन सम्झौताको मूल्यांकनमा उत्कृष्ट हुने तीन जिल्लाका सिडिओलाई पनि पदस्थापना, सरुवा वा काजमा प्राथमिकता दिइने व्यवस्था कार्यविधिमा छ ।

सिडिओको पदस्थापना वा सरुवामा अयोग्यताको व्यवस्था पनि कार्यविधिमा छ । जसमा विभागीय सजाय पाएको भए सो अवधिभर वा विभागीय कारबाहीको प्रक्रिया प्रारम्भ भएको भए सो प्रक्रिया नटुंगेसम्म पदस्थापना, सरुवा वा काजमा नखटाइने व्यवस्था छ । त्यस्तै, कार्यसम्पादन सम्झौताको मूल्यांकनमा ९० प्रतिशतभन्दा कम अंक ल्याई अन्तिम तीनमा रहने तीन जिल्लाका सिडिओलाई तत्काल अर्को जिल्लामा जिम्मेवारी नदिने व्यवस्था छ ।

सहसचिव सिडिओ रहने पदमा पदस्थापना गर्दा सहसचिव उपलब्ध हुन नसके पाँच वर्ष पूरा भएको उपसचिवलाई खटाउने व्यवस्था छ । त्यस्तै, सहसचिव सिडिओ रहने पदमा उपसचिव खटाउँदा ‘ग’ वर्गको जिल्लामा खटाउने व्यवस्था गरिएको छ । स्थायी ठेगाना भएको जिल्लामा सिडिओका रूपमा पदस्थापना, सरुवा वा काजमा खटाउन नपाउने पनि कार्यविधिले भनेको छ । कुनै प्रदेशमा एक अवधि पूरा गरेका अधिकृतलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा सिडिओ नखटाइने पनि कार्यविधिमा उल्लेख छ ।

पदस्थापन, सरुवा, काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र त्यसको आधारसम्बन्धी व्यवस्था पनि कार्यविधिमा छ । ६१ जिल्लामा सहसचिव खटाइने र त्यसको आधार पनि दिइएको छ । ती ६१ जिल्लालाई पनि ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरिएको छ । ‘क’ मा १२, ‘ख’ मा २७ र ‘ग’ मा २२ जिल्ला छन् ।

सहसचिवलाई पहिलोपटक सिडिओका रूपमा खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा खटाइने व्यवस्था कार्यविधिमा छ । तर, गृह मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भई न्यूनतम एक वर्ष कार्यसम्पादन गरेकालाई भने ‘क’ वर्गकै जिल्लामा खटाउन बाधा नपर्ने भनिएको छ । कार्यविधि लागू भएपछि अन्य निकायबाट सरुवा भई गृह मन्त्रालय आएकालाई सिडिओका रूपमा खटाइएको पटकलाई कार्यविधिले पहिलोपटक मानेको छ ।

उपसचिव सिडिओ रहने जिल्लामा सिडिओ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गतको कार्यालयमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । ‘ग’ वर्गको जिल्लामा सिडिओ भएको अधिकृतलाई ‘ख’ वा ‘क’ वर्गको जिल्लामा खटाइने र निजको इच्छाविपरीत पुनः ‘ग’ वर्गको जिल्लामा नखटाइने भनिएको छ । त्यस्तै, ‘क’ वर्गको जिल्लामा सिडिओ भइरहेको अधिकृतलाई तत्काल ‘क’ वर्गकै अर्को जिल्लामा सिडिओमा नपठाउने व्यवस्था पनि कार्यविधिमा छ । तर, वार्षिक कार्यसम्पादन सम्झौताको मूल्यांकनका आधारमा उत्कृष्ट तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भने ‘क’बाट ‘क’ वर्गमै खटाउन भने सकिनेछ । गृहसचिव र सिडिओबीच हुने कार्यसम्पादन सम्झौताको उपलब्धिस्तरको औसत अंकलाई समेत सिडिओको पदस्थापना, सरुवा वा काजमा खटाउने आधार बनाइने पनि भनिएको छ ।

एउटा जिल्लामा सिडिओको पदावधि एक वर्ष

विशेष परिस्थितिमा बाहेक एउटा जिल्लामा सिडिओको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुने व्यवस्था कार्यविधिमा छ । शान्ति सुरक्षाको अवस्था बिग्रिन गएमा, सिडिओ लामो समय कार्यालयमा अनुपस्थित हुने अवस्था, गम्भीर स्वास्थ्य अवस्था, विभागीय कारबाहीको सिफारिस, आचरण तथा अनुशासनसम्बन्धी प्रश्नलगायतलाई विशेष अवस्थाका रूपमा व्याख्या गरिएको छ । तर, गत १ वैशाखअघि सिडिओको जिम्मेवारीमा खटाइएकालाई अन्यत्र कामकाजमा खटाउन बाधा नपर्ने व्यवस्था पनि कार्यविधिमा छ ।

कार्यविधिले एकपछि अर्को जिल्लामा निरन्तर सिडिओमा चक्कर लगाइरहने प्रवृत्ति रोक्न खोजेको छ । त्यसका लागि निरन्तर तीनवटा जिल्लाको सिडिओको जिम्मेवारी बहन गरिसकेका सहसचिवलाई गृह मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा एक अवधिका लागि सिडिओबाहेकको जिम्मेवारीमा खटाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, एक अवधि सिडिओ भइसकेको उपसचिवलाई सहायक सिडिओ वा मन्त्रालय वा विभाग वा अन्तर्गतको कार्यालयको समान पदमा खटाई एक कार्यकालपछि मात्र सिडिओको जिम्मेवारीमा खटाइने पनि कार्यविधिमा उल्लेख छ । गृह मन्त्रालयबाहिर सरुवा भई गएको उपसचिव पुनः मन्त्रालयमा सरुवा भई आएमा एक अवधि मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कामकाज गरेपछिमात्र सिडिओको जिम्मेवारीमा खटाइने व्यवस्था कार्यविधिमा छ । नयाँ पत्रिका दैनकबाट

सम्बन्धित पोस्ट
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?
  • नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ
  • प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन
  • अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा आह्वान, के के छन् एजेन्डा ?

    आज देशभरको मौसम सफा रहने, कति छ काठमाडौँ उपत्यकाको तापक्रम ?

    जेनजीको हजुरआमा सुशीला आमैले राजीनामा दिनुपर्छ : महेश बस्नेत

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑