माघ १५ । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अनुसार पार्टीका पूर्वसभापति लामिछानेले प्रशासन कार्यालयबाट नेपालको नागरिकताको प्रमाणपत्र लिने भएका हुन् ।
अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रीया पूरा नगरी रास्वपाको सभापति तथा सांसद् बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतले खारेज गरेको थियो ।
लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पदपनि गुमेपछि रास्वपाको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८