फागुन ३ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते आइतबार उपनिर्वाचन गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन रोकिएको छ।
निर्वाचन आयोगले माघ २९ गते चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने निर्णय गरेको छ।
निर्वाचन आयोगले चितवन–२ मा रिक्त एक प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन गराउन लागेको हो। गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–२ बाट प्रतिनिधि सभा सदस्य भई गृहमन्त्रीसमेत बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भई पद गएपछि त्यस ठाउँमा पुनः निर्वाचन गर्नुपर्ने भएको हो।
निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले उपनिर्वाचन घोषणा गरेसँगै मतदाता नामावली संकलन रोकिएको बताए। उनका अनुसार वैशाख १० गते हुने निर्वाचनमा भएका मतदातामा १ हजार मतदाता थपिने प्रक्षेपण गरिएको छ।
फागुन २७ गते अन्तिम नामावली प्रकाशन हुने बताइएको छ भने त्यसपछि मात्र वास्तविक रुपमा थपिएका मतदाताको तथ्याङ्क आउने छ।
मंसिर ४ पछि चितवन–२ बाट ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ।
यसअघि मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ३४२ मतदाता थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८