काठमाडौँ । राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बिस्तार भएको छ ।सुक्रवार सम्पन्न काठमाडौमा सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बिस्तार भएको हो ।
मल्ल होटलमा बसेको साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्धितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरी संघको सदस्यहरुमा बसन्त योगी, रवी अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल आहुजी र सविन पोख्रेल छन् ।
निर्वाचित भए लगत्तै बसेको कार्य समितिको पहिलो बैठकले विज्ञापन क्षेत्रलाई समय सापेक्ष बनाउन विधान संशोधन गर्ने लगायतका तीनबुँदे निर्णयहरु पारित गरेको छ ।
कार्यक्रको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका थिए । मन्त्री रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन् ।
उनले अझै पनि विज्ञापन व्यवसायीहरुको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताएका छन् । सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको समेत बताएका छन् ।
उक्त कार्यक्रममा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाइ, अक्युर्याबका अध्यक्ष अर्जुन गिरि, बानका उपाध्यक्ष राजकुमार थापा, बिज्ञापन बोर्डका सदस्य पवन अधिकारी, विज्ञापन व्यावसायी नविन पौडेल लगायतले विज्ञापन व्यवसायीको हकहित र चासोका विषयमा चिन्ता व्यक्त गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८