असार ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष सत्ता गठबन्धन टिक्ने दाबी गरेका छन्।
प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्य भएको चर्चा चलिरहेको बेलामा धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुनेनहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’, प्रचण्डको भनाइ छ ।
१८ औँ शताब्दीमा कार्लमाक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ् ! भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जानेतिर आफ्नो ध्यान रहेको प्रधानमन्त्रीले बताए ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो ।
आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने प्रधानमन्त्रीको विश्वास छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८