असार १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् ।
मंगलबार बिहान कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउदै सरकार ढाल्ने खेलमा नलागेको बताए ।
उनले भने- ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ। तर, हामी अझै केही समय हेर्छौं। यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ ।’
एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको प्रष्ट पारे ।
उनले भने, ‘सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ । त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन । अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ ।’
उनले सरकारले आर्थिक मन्दीलाई थाहा नपाए जस्तो अग्री बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८