असार २८ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षाको अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्नका लागि गरिने परीक्षाका लागि आवेदन आह्वान गरेको हो।
महानगरकाअनुसार लिन चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट https://kathmandu.gov.np/ वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने छ।
छात्रवृत्ति परीक्षा साउन २० गते बिहान ११ देखि दिउँसो १ बजेसम्म हुनेछ। महानगरले विस्तृत जानकारीका लागि महानगरको वेबसाइट kathmandu.gov.np मा हेर्न अनुरोध गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८