• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Sun, 07, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / अर्थ

चालु आ व को बजेट कार्यान्वयनका लागि अर्थ द्धारा सबै निकायमा ८१ बुँदे बजेट मार्गदर्शन जारी

४२०१७ पाठक संख्या

टुडे दैनिक संवाददाताJuly 21, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

साउन ४ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।

चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ ।

त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

“वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि, निर्देशिका, मापदण्ड संशोधन गर्नुपर्ने वा नयाँ तर्जुमा गर्नुपर्ने भएमा अर्थ मन्त्रालयको सहमति लिई साउन मसान्तभित्र अनिवार्य रूपमा तयार गरी लागू गर्नु हुनेछ । सो कार्यविधि स्वीकृत भएको सात दिनभित्र वेवसाइटमा राख्नुपर्नेछ”, मार्गदर्शनमा भनिएको छ ।

स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम र आयोजनाको त्रैमासिक विभाजन सहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी आगामी असोज मसान्तभित्र स्वीकृत गरी बोलपत्र आव्हानसमेत गरिसक्नु पर्नेछ ।

आगामी कात्तिक मसान्तभित्र बोलपत्र मूल्याङ्कन गरी ठेक्का सम्झौतासमे्त गरिसक्नुपर्नेछ भने ठेक्का सम्झौता भएको १५ दिनभित्र कार्य शुरु गर्ने गरी कार्यादेश दिइसक्नुपर्नेछ । आगामी कात्तिक मसान्तसम्ममा ठेक्का प्रक्रिया अगाडि नबढेका योजना तथा कार्यक्रमको बजेट रकम रोक्का गरिने जनाइएको छ ।

पूर्व तयारी नै नसकिएका आयोजनामा स्रोत सहमति माग्ने प्रवृत्तिलाई पनि निरुत्साहन गर्न खोजिएको छ । स्रोत सहमति माग गर्ने र स्वीकृत गर्ने विद्यमान प्रणालीमा सुधार गरी सहमति माग गरेको आर्थिक वर्षमा आयोजनाका लागि विनियोजित रकमको अधिकतम चार गुणाभन्दा बढी स्रोतको सहमति प्रदान नगरिने मार्गदर्शनमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय गौरवका आयोजना बाहेक अन्य आयोजनाका हकमा स्रोत सहमतिको सम्पन्न गर्नुपर्ने अवधि बढीमा तीन वर्षको रहने जनाइएको छ ।

“स्रोत सहमति प्रदान गरेको मितिले नौ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुनेछ । यसअघि सहमति दिइएकामध्ये नौ महिना पूरा भई हालसम्म बोलपत्र आव्हान नभएका तथा यस आर्थिक वर्षको बजेटमा विनियोजन प्रस्ताव नगरिएका आयोजनाको स्रोत सहमति खारेज हुनेछ” बजेट कार्यान्वयन मार्गदर्शनमा भनिएको छ ।

त्यस्तै, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम र उत्पादन तथा रोजगारी सिर्जना कार्यक्रमको कार्यविधि अनुसार विषयगत मन्त्रालयबाट कार्यान्वयन हुने हुँदा सोहीअनुसार कार्यान्वयनको व्यवस्था मिलाउन भनिएको छ ।

तोकिएको परिमाण लागत, गुणस्तर र समयसीमाभित्र निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन उपलब्ध गराउने तथा तोकिएको गुणस्तर कायम नगर्ने, समयभित्र कार्य शुरु नगर्ने, कार्ययोजना अनुरूप काम नगर्ने र कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कानून बमोजिम कारवाही गरी निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गर्न पनि मन्त्रालयले मार्गदर्शनमार्फत् निर्देशन दिएको छ ।

निर्र्माण व्यवसायीले ठेक्का सम्झौता गरेपछि सम्झौता बमोजिमका सबै वा केही कामका लागि सहायक ठेक्का सम्झौता गर्ने भएमा अनिवार्यरूपमा सम्बन्धित आयोजना प्रमुखको लिखित रूपमा पूर्व स्वीकृति लिनुपर्नेछ ।

त्यस्तै, निर्धारित समय र लागतमा काम सम्पन्न गर्न र गुणस्तर कायम गर्न आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई उपलब्धीप्रति जवाफदेही हुने प्रणालीको विकास गराउन भनिएको छ । अति आवश्यक कार्यका लागि बाहेक एक तहभन्दा बढी तहमा सहायक ठेक्का सम्झौता गर्न पाइने छैन ।

त्यस्तै, राष्ट्रिय सतर्कता केन्द्रबाट रू १० करोडभन्दा माथिका आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण गराउन भनिएको छ । विनियोजित बजेट स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम र आयोजनाको कार्यान्वयन प्रक्रिया अगाडि नबढाउनु बजेट कार्यान्वयन मार्गदर्शनमार्फत् निर्देशन दिइएको छ ।

विनियोजित बजेट र स्वीकृत कार्यक्रममा नपरेको कार्यक्रम र आयोजनाका लागि बजेट निकासा, रकमान्तर तथा कार्यक्रम संशोधन माग गर्न पाइनेछैन । यदि त्यस्तो रकम निकासा माग भई आएमा निकासा नदिन भनिएको छ ।

साथै आर्थिक वर्षको बीचमा नयाँ कार्यक्रम र आयोजना सञ्चालनका लागि प्रस्ताव नगर्नसमेत निर्देशन दिइएको छ । अर्थ मन्त्रालयको सहमति बिना थप आर्थिक दायित्व सिर्जना नगर्न भनिएको छ । सहमतिबिना सिर्जना भएको थप दायित्वको निकासा, रकमान्तर वा कार्यक्रम संशोधन अर्थ मन्त्रालयबाट हुनेछैन ।

कार्यक्रम र आयोजनाको भौतिक प्रगति र गुणस्तरसमेतका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउनु भनिएको छ । यद्यपि पहिलो त्रैमासिक निकासा र भुक्तानीका लागि भौतिक प्रगति आवश्यक पर्ने छैन ।

दोस्रो त्रैमासिक निकासा भुक्तानीका लागि ३० प्रतिशत र तेस्रो त्रैमासिक निकासा र भुक्तानीका लागि सो अवधिसम्मको भौतिक प्रगति न्यूनतम ५० प्रतिशत हुनु पर्नेछ ।

सोभन्दा कम भौतिक प्रगति भएको अवस्थामा त्यसपछिको त्रैमासिक अवधिमा भौतिक प्रगति पूरा गर्ने प्राप्त गरी निकासा र भुक्तानी दिन सकिने जनाइएको छ । आयोजना कार्यान्वयनमा सहजता ल्याउन वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणका कार्यहरू तोकिएको न्यूनतम समयसीमाभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

बहुवर्षीय ठेक्कामा गएका कार्यक्रम तथा आयोजना विनियोजित बजेटबाटै कार्यान्वयन गर्नुपर्नेछ । सडक, पुल, बाँध, सिँचाई, नहर जस्ता लामो समयसम्म सञ्चालनमा रहने रू पाँच करोडभन्दा माथिका पूर्वाधार आयोजनाको हकमा नयाँ आयोजनाको ठेक्का व्यवस्थापन गर्दा निर्माण सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मत गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

विद्यमान सार्वजनिक प्रशासनको सङ्गठन संरचनालाई छरितो बनाउन आगामी मङ्सिर मसान्तसम्म सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरिसक्न भनिएको छ ।

पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, मसलन्द तथा कार्यालय सामाग्री खर्च, भत्ता, तालीम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्च लगायतका प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ ।

त्यसका लागि सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तक्र्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्नुपर्नेछ । सम्बन्धित संस्था वा सरकारी सभाहल उपलब्ध हुन नसक्ने अवस्थामा अधिकतम मितव्ययी हुने प्रकारले कार्यक्रम आयोजना गर्नुपर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ मा कर्मचारीले प्रोत्साहन भत्ता, अतिरिक्त समय लगायतका भत्ता पाउने छैनन् । साथै, नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिद नगर्न भनिएको छ । मर्मत सुधार गर्दासमेत सञ्चालनमा नआउने सवारी साधन, फर्निचर, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू अनिवार्यरुपमा छ महिनाभित्र लिलाम बिक्री गर्नुपर्नेछ ।

सम्बन्धित पोस्ट
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?
  • नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ
  • प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन
  • अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा आह्वान, के के छन् एजेन्डा ?

    आज देशभरको मौसम सफा रहने, कति छ काठमाडौँ उपत्यकाको तापक्रम ?

    जेनजीको हजुरआमा सुशीला आमैले राजीनामा दिनुपर्छ : महेश बस्नेत

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑